Tuesday, 26 Oct
01:00:00

उमेश थापाको रियल स्टोरी ‘बोब्बी ’ को सिक्वेल बन्ने

2018/12/30   gufgaf

गफगाफ -उमेश थापाको रियल स्टोरीमा निर्माण भएको चलचित्र ‘बोब्बी ’ को सिक्वेल निर्माण हुने पक्का भएको छ । सनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘बोब्बी २’ निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्माण तथा निर्देशन गर्न लागेका हुन् ।  ‘बोब्बी २’ चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।  यस अघिको चलचित्र ‘बोब्बी ’ मा समेट्न सम्भव नभएका कुराहरुलाई ‘बोब्बी २’ मा देखाइने निर्देशक चाम्सले बताए ।

पहिलो चलचित्रमा नायिका कबिता नर्वेको एयरपोर्टमा पुगे पश्चात चलचित्रको अन्त्य गरिएको थियो । अब निर्माण हुने चलचित्र ‘बोब्बी २’ मा त्यसपछिको घटनालाई निरन्तरता दिँदै उमेशको बाल्यकाल र नर्वे पुगेपछीका संघर्ष गर्दा आइ परेका समस्या र त्यसको समाधानका  साथै उमेशले हात पारेको सफलताको कथा ‘बोब्बी २’ मा प्रस्तुत गरिने बताइएको छ । 

चलचित्रमा रियल पात्र उमेश थापा, कबिता गुरुङ सँगै उनीहरुका छोरा एलियास थापाको पनि अभिनय रहने छ । त्यस सँगै अधिकांश चलचित्र ‘बोब्बी’ मा समबेश भएका कलाकारको अभिनय रहने छ । चलचित्रको कथा नरेश भट्टराईले लेखेका हुन् । यस अघि निर्माण भएको चलचित्र ‘बोब्बी ’ लाई दर्शकको राम्रो साथ मिलेको थियो । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस