‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ युट्युबमा कति हिट ?

गफगाफ - दीपेन्द्र खनालको निर्देशन रहेको सिनेमा ‘चङ्गा चेट’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको पहिलो गीत  प्रदर्शन मिति सार्वजनिक गरिएको हो । सिनेमा कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

सिनेमामा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक कार्यक्रममा कलाकारहरु रविन्द्र झा, संदीप क्षेत्री, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, निर्देशक दीपेन्द्र के खनाल लगायतको उपस्थिती थियो ।

युट्युबमा सार्वजनिक भएको  १९ घण्टामा  साढे दुई लाख पटक हेरिएको छ । गीतको भ्युज अनुसार गीतले दर्शकको माया पाईरहेको देखिन्छ । गीत हेरेका दर्शकले गीत राम्रो भएको प्रतिकृया पनि दिएका छन् ।  

सार्वजनिक गीतमा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको आवाज रहेको छ भने राजराज सिवाकोटीको सङ्गीत रहेको छ । यस गीतलाई हरिहर तिमिल्सीनाले लेखेका हुन् ।

प्रविन सिंहको कोरियोग्राफी रहेको यस गीतमा सिनेमाका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, सुरक्षा पन्त, रविन्द्र झा र परमिता राणाको नृत्य रहेको छ । 
माधव वाग्ले र शर्मिला पाण्डेको संयुक्त निर्माण रहेको ‘चङ्गा चेट’ डार्क कमेडी सिनेमा हो । चलचित्रमा कथा प्रदीप भारद्धाज रहेको छ ।

यो सिनेमाले तीन युवकले बेराजगारीका कारण भोगेको कथा बोल्छ । सिनेमामा प्रियंका, आयुष्मान, परमिता, रविन्द्र, सुरक्षाका अलावा अर्पण थापा, शिशिर बांदेल, सरिता गिरी, पुष्कर गुरुङ, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको छ । 
 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस