रेडियो अडियो

झापाकी पुजा  श्रेष्ठलाई मिस पूर्वाञ्चलको उपाधि 

2018/12/30   gufgaf

गफगाफ -  मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जितेकी छन । सुनसरीको धरानमा शनिबार सम्पन्न कार्यक्रममा उनले मिस पुर्वाञ्चलको ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत हात पारिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बन्न सफल भएकी छन् ।

उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गरिन भने इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्न सफल भएकी छन् । उनले नगद ५० हजार प्राप्त गरिन् । यस्तै फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल भने आकृति आचार्यले जित्न सफल भइन् ।

यस्तै वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भइन् । उनीहरुले जनही १५ हजार पुरस्कार प्रप्त गरेका छन् । यस्तै फेस अफ डिभाइन आकृति आचार्य भइन भने फिटनेस स्वस्टिका विसुंखे घोषित भइन् । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेका हुन् ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस