Tuesday, 26 Oct
01:00:00

बलिवुडका खान फ्ल्प हुँदा कम बजेटका सिनेमा  हिट

2018/12/30   Gufgaf

सिनेमाको कारोबार सोचेको जस्तो हुँदैन ।  यसमा लगानी गर्दा कसैको जीवनमा सोचेको भन्दा बढी खुशी आउँछ भने कसैले सोच्दै नसोचेको दुख पाउँछ । भन्नुको मतलब हो केही सिनेमा नाफामा जान्छन् भने कुनै सिनेमाले लगानी पनि उठाउन सक्दैनन् । 
कहिले निकै आशा गरिएका सिनेमाले दर्शकलाई निराश बनाउँछन् भने कहिले अपेक्षा नै नगरेका सिनेमाले दर्शकको मन जित्छन् र कारोबारमा पनि बाजी मार्छन् ।

वर्ष २०१८ मा बलिवुडमा यस्तै भयो ।   यो वर्ष निकै आशा गरिएका तीनवटा सिनेमा बक्स अफिसमा नराम्रोसँग पछारिए । बलिवुडका तीन खान अर्थात आमिर खान, शाहरुख खान र सलमान खान अभिनित सिनेमा असफल भए जबकी निर्माताले उनीहरुलाई लिएर सिनेमामा सयौँ करोडको लगानी  लगाएका थिए । 

योे वर्ष सलमान खानको सिनेमा रेस ३ बक्स अफिसमा पाछारियो । यो सिनेमाले १ सय ५० करोडको मात्र काराबार गर्यो ।  सलमानका सिनेमाबाट जति अपेक्षा गरिएको हुन्छ रेस ३ले त्यति कारोबार गर्न सकेन ।

यस्तै बक्स अफिसका बादशाह आमिर खानको मुख्य भूमिका रहेको सिनेमा ठग्स अफ हिन्दोस्तान पनि यो वर्ष असफलता बेहोर्ने अर्को सिनेमा बन्यो ।  

३ सय करोडमा बनेको यस सिनेमाले जम्मा १ सय ५० करोडको कारोबार गर्यो ।  उता अभिनेता शाहरुख खानको सिनेमा जिरो २ सय करोडमा बनेको थियो । तर सिनेमालाई १ सय करोड कमाउन पनि धौ धौ पर्यो । 

padman filmको लागि तस्बिर परिणाम
अक्षय कुमारको प्याडम्यानले पनि त्यति राम्रो कारोबार गरेन जति यस सिनेमाबाट अपेक्षा गरिएको थियो । 
तर यो वर्ष अपेक्षा नै नगरिएका साना बजेटका सिनेमाले राम्रो कारोबार गरे ।  सोनु के टिटु की स्वीटी, बधाई हो, अंधधुंधा, राजी  जस्ता सिनेमाले  लगानी भन्दा झण्डै ५ गुणा बढीको कारोबार गरे ।
सिनेमाको सफलतासँगै आयुष्मान खुराना, राजकुमार राव जस्ता अभिनेता दर्शकको प्रिय बने ।  यो वर्ष आयुष्मान खुरानाका दुईवटा सिनेमा  बधाई हो र अंधाधुंध आए र उनका दुईवटै सिनेमा कारोबारमा सफल भए । 

जम्मा ३० करोडमा बनेको सिनेमा सोनु के टिटु की स्वीटीले १ सय ४८ करोडको कारोबार गर्यो ।  ३५ करोडमा बनेको सिनेमा राजीले १ सय २० करोड भन्दा माथिको कारोबार गर्यो भने २४ करोडमा बनेको सिनेमा स्त्रीले १ सय २४ करोड भन्दा माथिको कारोबार गर्यो ।  

सम्बन्धित छवि

त्यस्तै सिनेमा अंधाधुंधले १ सय १ करोड भन्दा माथिको कारोबार गर्यो जबकी यो सिनेमाको लगानी  जम्मा ३० करोडको थियो । त्यस्तै विषयवस्तु बलियो भएका कारण २९ करोडमा बनेको सिनेमा बधाई हो ले  १ सय ३५ करोडको कारोबार गर्यो । 

यसरी सरसर्ती हेर्दा यो वर्ष बलिवुडमा आशा गरिएका सिनेमा र स्टारका सिनेमाले भन्दा खासै अपेक्षा नगरिएका सिनेमाले दर्शकको मन जिते र कारोबार पनि राम्रो गरे ।  
अभिशेक कपूरको निर्देशन रहेको सिनेमा केदारनाथले पनि सुखद कारोबार गर्यो । ३५ करोडमा बनेको यो सिनेमाले ९१ करोड भन्दा माथिको कारोबार गरेको छ । यहि सिनेमाबाट अभिनेत्री सारा अली खानले बलिवुडमा डेब्यु गरेकी हुन् । उनको बलिवुड डेब्यु सुखद रहेको छ ।

सम्बन्धित छवि

त्यस्तै अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूरको डेब्यु सिनेमा धडकलाई पनि कम बजेटमा बनेर राम्रो कारोबार गर्ने सिनेमाका रुपमा हेर्न सकिन्छ । ४१ करोड लगानी रहेको यस सिनेमाले १ सय १० करोडको कारोबार गर्यो । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस