Tuesday, 26 Oct
01:00:00

“घर” बनाउदा टुट्यो अर्पण र ऋचाको सहकार्य

2018/12/30   gufgaf

गफगाफ -  निर्देशक तथा अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा विच प्रेम सम्बन्ध रहेको नेपाली चलचित्र नगरीमा बेला बेलामा चर्चा हुने गरेको छ । उनिहरुले चलचित्रमा पनि सहकार्य गरेर काम गर्दै आएका छन् ।   केहि समय अघि चलचित्र “घर” को घोषणा गरियो । उक्त चलचित्रको निर्देशन अर्पण थापाले गर्ने पक्का भइसकेको छ । तर उक्त चलचित्रमा भने ऋचा सहभागी छैनन् ।

उनि चलचित्र घर मा सहभागी नहुनुलाई धेरैले अर्पण र ऋचाको प्रेम सम्वन्ध सँग जोडेर हेर्ने गरेका छन् । धेरैले ऋचा चलचित्र “घर” मा सहभागी नहुनुको कारण उनिहरुको ब्रेकअप भइसकेको पनि बताउने गरेका छन् ।  यस बिषयमा निर्देशक अभिनेता अर्पण थापाले भने सबै चलचित्रमा सहकार्य गर्नैपर्छ भन्ने नभएको बताए । एउटा चलचित्रमा काम नगर्ने वित्तिकै सहकार्य नै टुट्यो भन्नु पनि गलत भएको उनको भनाइ छ ।

केहि समय अघि मात्र नायिका ऋचा शर्मासँग मिलेरै सुनकेशरी २ बनाउने बताएका अर्पण यतिबेला ऋचाको साथ छाडेर चलचित्र “घर” बनाउन तम्सिएका छन् ।  यस अघि नै निर्देशक अर्पण थापाले मुखौटा, आधा लभ, सुनकेसरी जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । तर उनले निर्देशन गरेका कुनै पनि चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् ।  चलचित्र “घर” को कथा लेखन पनि थापा आफैले गरेका हुन भने चलचित्रमा उनको अभिनय पनि रहने बताइएको छ । चलचित्र “घर” डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रमा निर्देशक समेत रहेका दिपेन्द्र के खनाल, शर्मिला पाण्डेले,सन्तोष अधिकारी निर्माताका रुपमा छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस