रेडियो अडियो

६२ लागे हास्य कलाकार राजाराम पौडेल, यसरी मनाइयो जन्मदिन

2018/12/30   gufgaf

गफगाफ -   हास्य कलाकार राजाराम पौडेलले आज जन्मदिन मनाएका छन् । उनि आजबाट ६१ पुरा भएर ६२ वर्ष लागेका छन् ।  राजाराम यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दाल भात तरकारी को छायंकनमा व्यस्त छन् । चलचित्र दाल भात तरकारी युनिटले छायंकन स्थलमै हास्य कलाकार राजाराम पौडेलको जन्मदिन मनाइएको छ । दाल भात तरकारी युनिटले उनलाई शुभकामना दिनका निम्ति विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

 हरेक हास्य कलाकारको जन्मदिनमा रेडियो अडियोले रेडियो अडियोकै कौशीमा केक काट्ने गरेको छ । यस वर्ष भने दाल भात तरकारीको छायंकनमा व्यस्त भएका कारण छायंकन स्थलमा नै  उनको जन्मदिन मनाइएको हो । उनलाई शुभकामना दिनका निम्ति रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनिया सहित रेडियो अडियोका टिम चलचित्र छायंकन स्थलमै पुगेका थिए । 
राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हाँस्यकलाकार हुन् ।

रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । उनी विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखला आउँदा बढी चर्चित थिए ।
त्यो भन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण हुने चर्चित हाँस्य श्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडल सबै दर्शकको मन मनमा बस्न सफल भए ।

तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन । चलचित्र दाल भात तरकारीमा उनि कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दश मा पनि उनि कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय हास्य कलाकार राजाराम पौडेल नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको मुन्द्रेको कमेडी क्लवमा सहभागी भएर दर्शकलाई हसाउदै आएका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस