रेडियो अडियो

दीपिका बनिन् ‘बिग बोस सिजन १२’ को विजेता 

2018/12/31   Gufgaf

तीन महिनाको यात्रा पछि बिग बोस सिजन १२ को विजेता दीपिका कक्कड बनेकी छिन् । आईतबार राती भएको बिग बोस सिजन १२ को फाईनलमा कार्यक्रममा सञ्चालक सलमान खानले दीपिका विजेता भएको घोषणा गरे । दीपिकाले बिग बोसको यो सिजन जितेसँगै उनका प्यानहरुले खुशी व्यक्त गरेका छन् । 

बिग बोसको उत्कृष्ट पाँचमा  श्रीसंत, रोमिल चौधरी, दीपक ठाकुर र करणवीर बोहरा पुगेका थिए । तर रोमिल र करणवीर पहिले बाहिरिए । उत्कृष्ट ३ मा पुगेका  दीपक र श्रीसंतलाई पछि पार्दै दीपिका विजेता बनेकी हुन् । विजेता बनेसँगै दीपिकाले ३० लाख नगद र ट्रफी जितेकी छिन् । उत्कृष्ट ३ मा पुगिसकेका दीपक ठाकुर २० लाखको मनी ब्याग लिएर  विजेता बन्ने दौडबाट बाहिरिएका थिए । 

कलर्स च्यानलकै चर्चित सिरियल ससुराल सिमरकामा काम गरेर चर्चामा आएकी दीपिका सिमरको रुपमा परिचित छिन् ।  उनलाई सिमरको भूमिका निर्वाह गरेका कारण बिग बोसमा पनि फाईदा पुगेको देखिन्छ । 

किन भने बिग बोसको घर भित्र उनलाई अन्य प्रतिस्पर्धीहरुले खासै रुचाएका थिएनन् ।  उनलाई फेक, किचेन कब्जा गरेर बसेको र राम्रो व्यक्तित्व नभएको आरोप लाग्दै आएको थियो । 
तर उनी पहिले नै दर्शकको प्रिय भएका कारण बाहिरबाट भने लगातार भोटहरु आईर्हयो् । यहि कारण उनी बिग बोसको बिजेता बन्न सफल भईन् ।

को स्टारसँग दोस्रो विहे

ससुराल सिमरका नामक सिरियलमा काम गर्ने क्रममा  दीपिका कक्कड र उनका कोस्टार शोएब ईब्राहिम एकअर्काको प्रेममा परे । सिरियलमा श्रीमान श्रीमतीको भूमिका निर्वाह गर्दागर्दै उनीहरु साँच्चिकै प्रेममा परेका थिए । शोएबसँग माया बसेकै कारण दीपिकाले आफ्ना श्रीमान रौनक स्यामसङलाई डिभोर्स दिएकी थिईन् ।  

दीपिका र रौनकले सन् २०११ मा विवाह गरेका थिए । विवाहको ४ वर्षपछि उनीहरु कानुनी रुपमै अलग भएका हुन् । रौनकसँग अलग भएको २ वर्षपछि दीपिकाले शोएबसँग विवाह पनि गरिन् । 
यहि वर्षको  फेब्रुअरी २२ मा उनीहरुले विवाह गरेका हुन् । दीपिका जस्तै शोएब पनि दर्शकले रुचाएका अभिनेता हुन् । शोएब यतिबेला ईश्क मे मरजावाँ नामक सिरियलमा अभिमन्युको भूमिकामा काम गरिरहेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस