Tuesday, 26 Oct
01:00:00

जसलाई २०१८ मा सबैले चिने

2018/12/31   gufgaf

गफगाफ - अंग्रजी वर्ष २०१८ आजबाट सकिएर भोली बाट २०१९ सुरु हुदै छ । यो वर्षमा नेपालको गायन क्षत्रले केहि नव प्रतिभारु जन्माएको छ । सन २०१८ मा सबैको प्यारो बनेको नाम हो अशोक दर्जी । पुर्वी झापामा घर भएका उनि सडकमा गीत गाएर माग्दै हिड्ने गर्थे दया लाग्नेले केहि रुपैयाँ दिन्थे भने कसैले त्यतिकै खालि हात फर्काइदिन्थे । तर अन्तत गायक तथा संगीतकार टंक बुढाथोकीले उनलाई सडक बाटै उठाए र काठमाण्डौ लिएर आए  ।

जब टंकले अशोकलाई साथमा लिएर मन बिनाको धन ठुलोकी बोलको गीत सार्वजनिक गरे देश विदेशमा रहेका हरेक नेपालीको मन मस्तिष्कमा त्यो गीत बस्न सफल भयो । टंकले सबै नेपाली सँग सहयोगको अपिल गरे र  अन्त त अशोक दर्जीको घर समेत बनाइदिए । घर हस्तान्तरण कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिवंश आर्चाय,चलचित्र निर्देशक सोवित बस्नेत, पत्रकार ऋषि धमला लगायतको उपस्थितीमा घर हस्तान्तरण गरियो ।

Image result for tanka budhathoki ashok darji

यसरी सबैको नजरमा प्यारो बनेका अशोक दर्जीलाई काठमाण्डौ नै ल्याएर स्कुल भर्ना गरिदिए । हाल पनि टंकले अशोकलाई आफ्नै साथमा राख्दै आएका छन् । सन २०१८ को अन्तिम समयमा उनिहरुले पनि अर्को गीत सार्वजनिक गरे । चौरीको चाम्रो छुर्पी बोलको उक्त गीतलाई पनि दर्शकले  धेरै मन पराएका छन् ।  उक्त गीत करिब १ हप्ता सम्म ट्रेण्डिङ १ मा बन्न सफल भएको थियो । 
यस्तै २०१८ मा २ वटा रियालिटी सो हरु सम्पन्न भयो । ति सो हरु हुन् एपी वान टेलिजिनले आयोजना गरेका नेपाल आइडलको दस्रो सिरिज र लक्ष्मण पौडेलको टिमले आयोजना गरेका द भ्वइस अफ नेपाल ।  नेपाल आइडल अन्तर्गत सुदुर पश्चिमका रवि ओड  नेपाल आइडल बन्न सफल भए । गरिव परिवारमा जन्मिएका ओड विदेश जाने चक्करमा थिए, तर एक पटक नेपाल आइडलमा सहभागी हुने र नेपाल आइडल बन्ने आस बोकेर उनि काठमाण्डौ आए ।

Related image

अन्तत उनलाइ नै दर्सकले दोस्रो नेपाल आइडलका रुपमा पाए । नेपाल आइडल बनेकी खुशी साट्न नपाउदै त्यसको केहि दिनमा नै नेपाल आइडल बन्न सफल ओडकी आमाको निधन भयो । घर मै काम गर्ने समयमा करेन्ट लागेर उनको निधन भएको थियो । त्यस्तै अर्को रियालिटी सो द भ्वइस अफ नेपालको बिजेता बन्न सफल भए   पोखराका सीडी विजय अधिकारी । यस्तै द भ्वइस अफ नेपालको फाइनमा पुग्ने अन्य ३ प्रतिष्पर्धीहरु सप्तक दुतराज, श्रीजय थपलिया र कुशल आचार्य पनि यो वर्ष निकै चर्चामा रहेका थिए ।

उक्त कार्यक्रमको फाइनल कतारमा गरिएको थियो ।  त्यस्तै नेपाल आइडलमा सहभागी पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी पनि यो वर्ष निकै चर्चामा रहे । उनिहरु क्रमश दोस्रो तेस्रो र चौथो बन्न सफल भएका थिए । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस