Tuesday, 26 Oct
01:00:00

‘दाल भात तरकारी’ को फाईदा, दोहोरिँदै पुष्प र आँचल !

2019/01/01   Gufgaf

मह सञ्चार र किरण केसीको संयुक्त प्रस्तुती रहेको सिनेमा ‘दाल भात तरकारी’ छायाकंनको अन्तिम चरणमा पुगेको छ । अब सिनेमामा समावेश केही सिन र एउटा गीतको छायाकंन बाँकी रहेको निर्माता किरण केसीले बताए । यो सिनेमालाई किरण केसीका कान्छा छोरा सुदन केसीले निर्देशन गरिरहेका छन् । यो उनको डेब्यु निर्देशन हो । 

यस सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य,  निरुता सिंह, राजाराम पौडेल, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, मोहितवंश आचार्य, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

यहि सिनेमा मार्फत पहिलो पटक ठूलो पर्दामा जोडीको रुपमा प्रस्तुत हुन लागेका पुष्प खड्का र अभिनेत्री आँचल शर्माको जोडीको यतिबेला चर्चा शुरु भएको छ । 

हुन त सिनेमा छायाकंनमा जानु भन्दा पहिले देखि नै उनीहरुको चर्चा शुरु भएको थियो । सिनेमामा पहिले पुष्पको जोडीको रुपमा स्वस्तीमा खड्का फाईनल भएकी थिईन् तर पछि आँचल पुष्पको जोडी बन्न पुगिन् जसले उनलाई फाईदा पुर्याएको छ । 

सिनेमाको छायाकंन स्थलबाट सार्वजनिक भएका उनीहरुका तस्बिरले चौतर्फी प्रशंसा पाईरहेका छन् । यति मात्रै हैन यहि सिनेमामा काम गर्ने क्रममा उनीहरुको जोडी देखेर केही निर्माता प्रभावित भएका छन् । हामीसँगको कुराकानीमा अभिनेत्री आँचल र पुष्पले आफूहरुलाई दाल भातको सेटमै देखेर एक जना निर्माताले सिनेमाको प्रस्ताव राखिसकेको बताए ।   

उनीहरुले आफूहरु एकअर्कासँग काम गर्न तयार भएको बताउँदै पछि टिमसँग कुरा मिलेको र स्क्रिप्ट मन परेको खण्डमा उक्त सिनेमामा काम गर्ने बताएका छन् । 

निर्माताको आँखामा परिसकेको यो जोडीलाई दर्शकले कत्तिको मन पराउने हुन् त्यो भने ‘दाल भात तरकारी’ प्रदर्शनमा आएपछि नै थाहा हुनेछ । ‘दाल भात तरकारी’ पछि नै उनीहरु अन्य सिनेमामा दोहोरिने नदोहोरिने अनुमान लगाउन सकिनेछ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस