रेडियो अडियो

८१ वर्षिय कादर खानको निधन

2019/01/01   Gufgaf

बलिवुड अभिनेता कादर खानको  निधन भएको छ । सोमबार बेलुकी उपचारको क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । 
कादर खान ४ महिना देखि अस्पताल भर्ना भएका थिए । ८१ वर्षिय उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । 

सोमबार दिउँसो देखि अचेत अवस्थामा पुगेका कादरको साँझ ६ बजे निधन भएको उनका छोरा सरफराजले पुष्टि गरेका छन् । 

क्यानडामा निधन भएका कादरको क्यानडामै दाहसंस्कार गरिने भएको छ ।  बलिवुडमा  वर्ष २०१९ को शुरुवातसँगै एउटा दिग्गज कलाकार गुमाएकोमा बलिवुड नै स्तब्ध भएको छ । 
कादर खानले बलिउडका ३ सय भन्दा बढी सिनेमामा काम गरेका थिए । ‘धन दौलत, लुटमार, कुर्वानी, वुलन्दी, मेरी आवाज सुनो, सनम तेरी कसम’ लगायतका सिनेमामा उनी भिलेनको भूमिकामा पनि प्रस्तुत भएका थिए ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस