Tuesday, 26 Oct
01:00:00

देश दौडाहामा ‘चौका दाउ’को टोली

2019/01/02   Gufgaf

गफगाफ:- सिनेमा चौका दाउको टोलि यतिबेला देश दौडाहाममा छ । सिनेमाको बारेमा सबै दर्शकलाई जानकारी दिने हेतुले यो टोलीले देश दौडाहा शुरु गरेको हो । 

यहि क्रममाा ३ नम्बर प्रदेश राजधानी हेटौडा पुगेको टोलीले मंगलबार हेटौडामा पत्रकार सम्मेलन गरेको छ ।  पत्रकारहरुसंग साक्षतकार गर्दै सिनेमाको विषयवस्तुको बारेमा जानकारी दिईएको थियो ।  

चलचित्र पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाईएको बताए ।

काठमाण्डौ उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको बताउदै चलचित्रले उठान गरेका बिषय बस्तु यर्थाथपरक रहेको निर्देशक झाले बताए । उनले चलचित्रको गीत र ट्रेलरबाट राम्रो प्रतिकृया आएको बताउदै चलचित्र हेर्दा निराश हुनुनपर्ने उल्लेख गरे । 

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रकी नायिका वर्षा राउतले यस चलचित्रले समाजमा हास्यवंङय मार्फत सकारात्मक सुचना दिने  आफुले विश्वास लिएको बताईन । 

उनले अग्रज कलाकारहरुसंग काम गर्दा आफूलाई भाग्यमानी ठानेको बताउदै चलचित्र राम्रो बनेको बताईन । आफु चार जना कलाकारको दाउमा पर्ने मुख्य भूमिकामा रहेको उनले खुलाएकी छिन् । 

यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्मेवारी चलचित्रमा बहन गरेको बताए । 

उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागि हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफूलाई पत्रकार र दर्शकहरु संग नजिक हुने अवसर दिने भन्दै खुशी व्यक्त गरेका छन् । 

चौका दाउ पौष २७ गते देखि प्रदर्शनमा आउँछ । सिनेमामा सन्तोष पन्त, तैयव शाह, विल्सवन विक्रम राई, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस