रेडियो अडियो

गरुड पुराणको टिक टकमा ४५ हजार भिडियो

2019/01/02   GUFGAF

गफगाफ - आगामी ४ माघबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ को सावजनिक गीत ‘म त पिरिममा...’ बोलले टिक टकमा नयाँ रेकर्ड राखेको छ ।  यो गीतको अहिलेसम्म ४५ हजार भन्दा बढी टिक टक भिडियो निर्माण भएको यसका निर्देशक सुवास कोईरालाले जानकारी गराएका छन् । यो गीतलाई अहिलेसम्म टिक टकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड उनले देखाएका छन् । एक महिना अघि रिलिज गरिएको यो गीतलाई युट्युवमा सोमबारसम्म १४ लाख ५३ हजारपटक मात्र हेरिएको छ ।

‘हाम्रो गीतको भिडियो सोचेको भन्दै धेरैनै अर्थात ४५ हजार बनेको छ र टिक टकमा यसलाई ३५ लाख पटक हेरिँदा युट्युवमा १४ लाखपटक मात्र हेरिएकाले गीत टिक टकमा सफल भयो ।’ निर्देशक सुवासले भने । उनका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा चर्चा पाएको हो । ‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यहि अनुरुप गीत पनि तयार गरेका हांै र यसले टिकटकमा खुबै चर्चा कमाएको छ ।’ निर्देशक कोइरालाले भने,‘यसै साता रिलिज गरिएको यो फिल्मको ट्रेलरले पनि राम्रो चर्चा पाएको छ ।’ पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक कोईरालाको भनाई छ ।

यो गीतको भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै फिल्मका कलाकारहरु कर्मा शाक्य र नव नायिका प्रियंका सिंह ठकुरीको नृत्य छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन पनि छिन् ।  गीतमा कोसिस क्षत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीतलाई कोसिस र मनिषा पोखरेलले गाएका हुन् । यसको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । 
आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस