Tuesday, 26 Oct
01:00:00

अमिताभलाई बलिउडमा स्थापित गर्न कादर खानको महत्वपूर्ण भूमिका

2019/01/02   gufgaf

गफगाफ  बलिउडका दिग्गज चरित्र अभिनेता तथा डायलग लेखक कादर खान यस संसारबाट बिदा भएर गइसकेका छन् । अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडाको एक अस्पतालमा डिसेम्बर ३१, २०१८ मा निधन भएको हो । 

नयाँ वर्ष २०१९ को पहिलो दिनमै उनको निधनको खबरले बलिउड तथा उनका संसारभरका प्रशंसकहरु दुःखी भएका छन् । कादर खानको निधनप्रति यतिबेला सामाजिक सञ्जालमा उनको मृत्युको दुःख व्यक्त गरिरहेका छन् भने अभिनेता अमिताभ बच्चनले ट्वीटर अकाउन्ट मार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

T 3045 - Kadar Khan passes away .. sad depressing news .. my prayers and condolences .. a brilliant stage artist a most compassionate and accomplished talent on film .. a writer of eminence ; in most of my very successful films .. a delightful company .. and a mathematician !! pic.twitter.com/l7pdv0Wdu1

Amitabh Bachchan@SrBachchan

T 3045 - Kadar Khan passes away .. sad depressing news .. my prayers and condolences .. a brilliant stage artist a most compassionate and accomplished talent on film .. a writer of eminence ; in most of my very successful films .. a delightful company .. and a mathematician !! pic.twitter.com/l7pdv0Wdu1

 

बलिउडका मेगास्टार अमिताभ बच्चनलाई बलिउडमा सफलताको शिखरमा पु¥याउनमा कादर खानको महत्वपूर्ण भूमिका रहेको छ भन्दा धेरैलाई आश्चर्य लाग्न  सक्छ । ७० को दशकमा जब अमिताभ बच्चन बलिउडमा आफ्नो करियर बनाउने प्रयास गरिरहेका थिए त्यस बेला उनलाई कादर खानले साथ दिएका थिए । बलिउडमा संघर्षरत अभिताभ बच्चनलाई कादर खानले ‘एंग्री योङ्ग म्यान’ बनाइदिएका थिए । 

त्यो समय यस्तो थियो जुन बेला कादर खानले जे लेख्दथे त्यो फिल्मको पर्दामा सुपरहिट हुने गर्दथ्यो ।  त्यस समयमा निर्देशक मानमोहन देशाई र प्रकाश मेहराले कादर खानलाई डायलग लेखनका लागि फिल्म उद्योगमा आउनका लागि मनाएका थिए । कादर खानले ‘अमर अकबर एन्थोनी’, ‘मुकद्दरका सिकन्दर’, ‘लावारिस’, ‘कालिया’, ‘नसिब’, ‘कूली’ जस्ता फिल्मको डायलग लेखेका थिए । यिनै फिल्मका दमदार डायलगका कारण अमिताभ बच्चन बलिउडमा एंग्री योङ्ग म्यानका रुपमा अमीट छाप छोड्न सफल भए । 

यसका बावजुद एक पटक कादर खानले भनेका थिए, ‘म मान्दछु कि अमिताभ बच्चन सबैभन्दा २ कदम अगाडि छन् । तर २ वटा कुरामा उनी दिलिप कुमारभन्दा पछि नै छन् । मैले अमिताभलाई भनेको थिएँ कि यदि तिमी एक उत्कृष्ट कलाकार बन्न चाहन्छौ भने दिलिप कुमारले झैं रुन र हाँस्न सिक्नु पर्छ । मर्दका लागि रुन र हाँस्नु २ उत्कष्ट चिज हुन् । यदी यि दुई कुरा सही ढंगले गरिएन भने न मर्द रुँदै गरेको राम्रो देखिन्छ, न त हाँस्दै गरेको नै ।’

कादर खानको यही भनाइले गर्दा अमिताभ बच्चनले दिलीप कुमारको स्टाइललाई हेर्दाहेर्दै यी दुबै कलामा पनि अब्बल सावित भए । अमिताभसँग बुलन्द आवाज थियो, हेर्नमा पनि सुन्दर थिए र लामो कद थियो । उनी नृत्यमा पनि राम्रै थिए र फाइट पनि गर्थे तर उनलाई रुन र हाँस्न भने समस्या हुने गर्दथ्यो । 
तर उनले हाँस्ने र रुने कला पनि दिलीप कुमारबाट धेरै मात्रामा सिके । 

कादर खानले भनेका थिए, ‘मैले उनलाई दिलीप कुमारबाट हाँस्ने र रुने कला सिक्न बाध्य बनाएको थिएँ ।  त्यसपछि अमिताभ बच्चनले रुने र हाँस्ने कलामा अब्बल मात्रै नभई समय अनुसार चल्न सक्ने कलाका कारण बलिउडमा लामो समयसम्म सफलताको शिखरमा रहिरहन सफल छन् ।’

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस