Tuesday, 26 Oct
01:00:00

कलाकार अनुराग कुँवरको जन्मदिनमा गगन थापा देखि मह जोडी सम्म

2019/01/03   gufgaf

गफगाफ -  चलचित्र  नगरीका भिलेन भनेर चिनिने कलाकार अनुराग मान सिंह कुवँरले जन्मिदिन मनाएका छन् । उनि ३९ पुरा भएर ४० औ वर्षमा लागेका छन् । सर्वाधिक सफल चलचित्र छक्का पञ्जा ३ मा उनले मुखियाको भाइको छोराका रुपमा अभिनय गरेका छन् । यस्तै महसञ्चारले निर्माण गरेको चलचित्र सत्रुगतेमा पनि उनि डनको भुमिकामा प्रस्तुत भएका छन् । कलाकार अनुराग मान सिंह कुवँरको बर्थडे पार्टीमा पुर्व स्वस्थ्य मन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगन थापा, काठमाण्डौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, काठमाण्डौ महानगरपालिका वडा नम्वर २६ का वडाअध्यक्ष ख्यामराज तिवारी पूर्व डिआईजी रमेश खरेलका साथै  नेपाली काग्रेसका प्रभावशाली नेता जगदीश नरसिहं केसी लगायतको उपस्थिति रहेको थियो । 

कुँवरलाई निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाकी आमाले नजन्माएको छोरा भनेर पनि चिन्ने गरिएको छ । अर्थात दिपाश्री निरौला सँग उनले धर्म बहिनीको साईनो जोडेका छन् । उनको जन्मदिनमा शुभकामना व्यक्त गर्नका निम्ति वरिष्ठ हास्य कलकार द्धोय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ, नीर शाह, दिपकराज गिरी,दिपाश्री निरौला,केदार घिमिरे, किरण केसी, राजाराम पौडेल, संगीतकार न्यू बज्राचार्य, निर्देशक अशोक शर्मा, सुरज सुब्बा नाल्बो, नायिका निरुता सिंह, अभिनेता रमेश उप्रेती, सन्दीप क्षेत्री, अर्जुन जंग शाही,

कलाकार अनुरागको ४०औँ जन्मदिनको पार्टी निकै रंगिन देखिएको थियो जहाँ फिल्म नगरीबाट मह जोडि देखि लिएर नीर शाह दम्पत्ती, निरुता सिंह,किरण केसी, संगीतकार न्यू बज्राचार्य, अभिनेता रमेश उप्रेती दम्पती, दीपक राज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सन्दीप क्षेत्री, अर्जुन जंग शाही, निर्देशक अशोक शर्मा, सुरज सुब्बा नाल्बो,गायिका प्रबिशा अधिकारी,गायक रामचन्द्र काफ्ले  लगायतका अन्य धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । आफ्नौ ४० औ जन्मदिनको अवसरमा कुवँरले काठमाण्डौ फर्पिङमा रहेको बाल उत्थान बाल गृहलाई दाल चामल, कपडा लगायतका सामग्री समेत सहयोग गरेका थिए ।

कलाकार अनुराग मान सिंह कुवँरले निर्देशक सुर्दशन थापाले निर्देशन गरेको चलचित्र के यो माँया हो बाट चलचित्र नगरीमा डेव्यु गरेका थिए । त्यस पछि उनले चलचित्र नगरीमा नै आफुलाई निरन्तरता दिन थाले के यो माँया हो पछि उनले चलचित्र फेसवुकमा अभिनय गरे । त्यस पछि उनले चलचित्र रातो घर, वडा नम्बर ६, ऐ मेरो हजुर २,शत्रु गते, छक्का पञ्जा ३ लगायतका चलचित्रहरुमा काम गरिसकेका छन् । हाल मह सञ्चारले निर्माण गर्दै गरेको चलचित्र दाल भात तरकारीको छायंकनमा व्यस्त छन् । चलचित्र दाल भात तरकारीमा उनि निर्माताका रुपमा समेत रहेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस