रेडियो अडियो

“हेल्लो जिन्दगी” मा काम गर्ने कुरा हल्ला मात्र— अदिती वुढाथोकी

2019/01/03   gufgaf

गफगाफ -  केहि समय अघि मात्र अनमोलको चलचित्र कृ बाट चलचित्र नगरीमा भित्रिएकी अभिनेत्री अदिती वुढाथोकी ले “हेल्लो जिन्दगी” मो चलचित्र “हेल्लो जिन्दगी” मा गर्ने कुरा पक्का भएको खबर बाहिरिएको थियो । तर अन्तत अभिनेत्री वुढाथोले उक्त चलचित्रमा काम गर्न लागेको कुरा हल्ला मात्र भएको बताएकी छिन् ।  “कसरी त्यस्तो हल्ला चल्यो मलाइ पनि थाहा भएन तर, अहिले नै मैले कुनै पनि नेपाली चलचित्रमा काम गर्न लागेकी छैन” उनले भनिन् ।

चलचित्रको निर्देशन एभरेष्ट सूर्य बोहराले गर्ने बताइएको थियो । उनले निर्देशक बोहरासँग भेट भएको कुरालाई भने स्विाकार गरेकी छन् । भेट भएको भए पनि चलचित्रको विषयमा कुनै पनि कुरा नभएको उनले बताएकी छिन् । उनले, निर्देशक बोहराले “हेल्लो जिन्दगी”मा नभइ त्यस पछि निर्माण गर्ने अर्को चलचित्रमा काम गर्नुपर्छ मात्र भनेको उनको भनाइ थियो । 

उनले हाल नेपाली चलचित्रमा काम गर्न लागेको कुरालाई अस्विकार गर्दै बलिउडका चर्चित अभिनेता फरहान अख्तरले बनाउन लागेको वेव सिरिज इनसाइड एज २ मा काम गर्न लागेको बताएकी छन् । यो वेव सिरिजको छायांकन सुरु भैसकेको बताइएको छ । यो वेव सिरिजमा अभिनेता विवेक ओवरायले काम गर्दैछन् । अदिती यो वेवमा मोडलको भूमिकामा प्रस्तुत हुन लागेको बताइएको छ । यो सिरिजमा क्रिकेट र मोडलिङको दुनियाँलाई देखाइने बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस