Tuesday, 26 Oct
01:00:00

कपूर परिवारसँग मलाईकाको नयाँ वर्ष

2019/01/03   Gufgaf

गफगाफ:- आईटम गर्ल मलाईका अरोरा र अभिनेता अर्जुन कपूरको प्रेमसम्बन्ध सन् २०१८ मा सार्वाधिक चर्चामा रहेको विषय हो । पटक पटक साथमा देखिँदै आएको यो जोडीले प्रेमसम्बन्धको बारेमा खुलेर नबोलेपनि उनीहरुको गतिबिधिहरुले भने उनीहरुको प्रेम छर्लङग पार्दै आएको छ । नयाँ वर्ष २०१९ को शुरुवातमा पनि उनीहरुको सम्बन्धको चर्चाले थप उचाई पाएको छ ।

नयाँ वर्ष २०१९ मलाईकाले कपूर खानदानसँग मनाएकी छिन् । अर्जुन कपूरका काका संजय कपूरले एक तस्बिर सेयर गरेका छन् जसमा संजयसँगै उनकी पत्नी महिप, अर्जुन — मलाईका र करण जोहर छन् । 

यस अघि पनि जुहुस्थित एक रेष्टोरेण्टमा कपूर परिवारसँग मलाईकाले डिनर गरेको कुराले चर्चा पाएको थियो । त्यस समयमा संजय र महिपसँगै अर्जुनकी बहिनी तथा अनिल कपूरकी छोरी रिया कपूर पनि थिईन् ।

सम्बन्धित छवि

त्यस बखत सार्वजनिक भएका केही तस्बिरहरुमा अर्जुनले मास्कले अनुहार छोपेको देख्न सकिन्छ ।  अर्जुन र मलाईकाको सम्बन्धको बारेमा कपू​र परिवार पनि जानकार छ भन्ने कुरा  पटक पटक मलाईकाले कपूर परिवारसँग खुशी साट्नुले पुष्टि गरेको छ । 

पछिल्लो समय मलाईकाले  कपूर परिवारसँग हिचचिम बढाएको देखिन्छ । केही समय अघि त उनीहरुले घर किनिसकेको र विवाहको तयारी गरिरहेको खबर पनि प्रकाशित भएका थिए । तर यी खबरहरु बरे यो जोडीले मुख खोलेको छैन । 

arhaan khanको लागि तस्बिर परिणाम

मलाईका र अर्जुनको सम्बन्धको यति धेरै चर्चा किन ?

यो जोडीको प्रेमसम्बन्धको बारेमा सुन्दा जो कोही पनि छक्क परेको थियो । खान परिवारकी बुहारी मलाईका र कपूर खानदानका छोरा अर्जुनको उमेरको अन्तर चर्चाको मुख्य विषय  बन्यो । मलाईका अर्जुनभन्दा १३ वर्ष जेठी छन् । अर्कातर्फ विवाहित मलाईकाका १६ वर्षका छोरा  अरहान पनि छन् । उनले अर्जुसँगको प्रेमकै कारण सलमान खानका भाई अरबाज खानलाई डिभोर्स दिएको बताईन्छ । अहिले अरहान आमा मलाईकासँगै छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस