रेडियो अडियो

‘लिटिल स्टार अफ द इयर २०१९’ को प्रशिक्षण सुरु

2019/01/04   gufgaf

गफगाफ - बालबालिका सम्वन्धी सौन्दर्य प्रतियोगीता ‘लिटिल स्टार अफ द इयर २०१९’का ६५ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् ।थापाथलीस्थित होटल ब्लुबडमा उनीहरु प्रशिक्षण मार्फत आफुलाई निखार्न लागेका हुन् । राजधानीमा आयोजित १२० सहभागी प्रारम्भिक चरणको अडिसनबाट यी ६५ प्रतियोगी छानिएका हुन् ।  प्रतियोगीले शिर्ष उपाधी चुम्दै आफ्नो भाग्य चम्काउने उदेश्यले सोमबारबाट नियमित प्रशिक्षणमा जुटेका हुन् ।

प्रारम्भिक चरणको अडिसनमा सहभागी १२० मध्यबाट अन्तिम चरणका लागि यी प्रतियोगी छानिन सफल भएका हुन् ।प्रतियोगीलाई प्रशिक्षण मार्फत निखार्ने काम मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेल लगायतले गरिरहेका छन् ।  प्रशिक्षणको क्रममा उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायत्व, बालअधिकार, अनुसासन, पब्लििक स्पिकिङ लगायत विषयको ज्ञान लिने प्रतियोगीताको कोडिनेटर गीता पुरीले जानकारी दिइन् । प्रतियोगीताको कोअडिनेटरमा अन्जु शर्मा, रस्मिना मट्टराई समेत रहेका छन्, भने सह कोअडिनेटरको रुपमा शुशान्तकाजी श्रेष्ठ रहेका छन् । 

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले केही बर्ष अगाडि  एनोवेसन इवेन्ट म्यानेजमेन्टले यो प्रतियोगीता सुरु गरेको हो । 
७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागीता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समहुको बिजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए । शिर्ष सहित बिभिन्न उप बिजेता समेत छानिने प्रतियोगीतामा बिजेताले बिभिन्न पुरस्कार र अवसर एकसाथ जित्न सक्ने आयोजले जनाएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस