Tuesday, 26 Oct
01:00:00

मनमाया र नेत्रको ‘लाहुरे दाईको पल्टने झोला’

2019/01/04   gufgaf

गफगाफ - पछिल्लो समय निकै लोकप्रिय बन्दै आएकी ब्यस्त गायिका मनमाया वाईबाको नयाँ वोलको गीत ‘लाहुरे दाईको पल्टने झोला’ सार्वजनिक भएको छ । निकै मौलीक र झ्याउरे भाकामा तयार भएको उक्त गीत गायिका मनमायाको आफ्नै अफिसिएल युट्युव च्यानल ‘मनमाया वाईबा’मार्फत सार्वजनिक भएको हो । गीतमा गायिका मनमाया वाईबाको साथमा गायक नेत्र भण्डारीको सुमधुर स्वर रहेको छ । 

‘लाहुरे दाईको पल्टने झोला’लाई सर्जक तथा गायक रबिन लामिछानेले लेखेका हुन् भने गायक भण्डारीले लय शंकलन गरेका हुन् । जसमा सर्जक तथा गायक रबिन लामिछाने र गायिका मनमाया वाईबाको थेगो रहेको छ । यस गीत ‘लाहुरे दाईको पल्टने झोला’मा निकै मिठा शब्दहरु छनौट गरिएको छ । जसमा हाम्रै गाउँघर पाखापखेरीका साथमा पल्टने लाहुरेको कुरालाई समावेश गरिएको छ भने निकै मौलीकपन झल्कने म्यूजिक भिडियो निर्माण गरिएको छ ।

सुरेश वाईबाले निर्माण गरेको उक्त भिडियोलाई नृत्य निर्देशक तथा मोडल उमेश गुरुङले निर्देशन गरेका छन् । जसमा मोडल रिना थापा मगर, रितु तामाङ, किस्मत तामाङ र सुरेश वाईबाको शसक्त अभिनय तथा नृत्य रहेको छ । उक्त गीतको म्यूजिक भिडियोलाई हरि नारायण चौधरीले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । गीत निकै राम्रो बनेकोमा गायिका मनमाया वाईबा ढुक्क रहेकी छन् । उनी भन्छिन्, ‘मौलीक परिवेशमा निमार्ण भएको यस झ्याउरे गीतले नेपाली दर्शक स्रोतालाई भरपुर मनोरञ्जन त प्रदान गर्ने नै छ भने फेरी एक पटक दर्शक–स्रोताहरुको मन जित्ने छु ।’

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस