Tuesday, 26 Oct
01:00:00

‘डिजाइनर अफ द इयर’ प्रतियोगीता हुदै

2019/01/04   gufgaf

गफगाफ - नेपाली फेसन डिजाइनरका सृजना अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्दै फेसन डिजाइनरको सृजनात्मक कलाको सम्मान गर्ने उदेश्यले ‘डिजाइनर अफ द इयर’ प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल पहिलो पटक आयोजना हुन लागेको फेसन डिजाइनरहरु बिच प्रतिस्पर्धा रहने यो प्रतियोगीता नेक्स्ट मोडल्स नेपालले आयोजना गर्न लागेको हो । प्रतियोगीताको उदेश्य उत्कृष्ट फेसन डिजाइनरको चयन गर्ने विजेता डिजाइनरको सृजना र प्रतिभालाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने रहेको नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

रविका अनुसार डिजाइनर अफ द इयरको बिजेता फेसन डिजाइनरले कोरियामा आयोजना हुने एलबिएमए स्टार अवार्डस् २०१९, पुणे फेसन विक २०१९ तथा फेसन एक्स्पो २०१९ मा सहभागीता जनाउदै आफ्नो कलेक्सन प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् । यसको अलवा ‘मिलान फेसन वीक’मा समेत सहभागिता अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ । सहभागी डिजाइनरले प्रतियोगीमा स्पेशल ग्रुमिङ कक्ष, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउँनेछन् ।

प्रतियोगीतामा सहभागीलाई सम्बन्धीत क्षेत्रका फेसन विज्ञ र जानकारवालासँग समेत अन्तक्र्रिया हुनेछन् । प्रतियोगीताको उत्कृष्ट डिजाइनर चयन अन्तराष्ट्रिय स्तरको भब्य स्टेज सेटअपका साथमा राजधानीको तारे होटलमा भव्य कार्यक्रम सहित गरिने आयोजक रुपमा संचालन गरिने आयोजक नेक्स्ट मोडल्सका प्रवन्ध निर्देशक यतना पाण्डेले जानकारी दिइन् । 
 
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस