रेडियो अडियो

‘वीरविक्रम २’ को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’

2019/01/04   gufgaf

गफगाफ -  निर्देशक मिलन चाम्स द्धारा निर्देशित चलचित्र ‘वीरविक्रम २’ मा समावेश रहेको गीत सार्वजनिक भएको छ । पुरानो नेपाली चलचित्र ‘देउता’ मा समवेश भएको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो ।

चलचित्र ‘देउता’ मा उक्त गीत इन्द्रजित मिजार र भारती घिमिरेले गाएका थिए ।  यता चलचित्र ‘वीरविक्रम २’ मा भने सोहि गीतलाई ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ ।
 

पुरानो गीतमा  अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतले अभिनय गरेका थिए भने गीतको रिमेक भर्सनमा नायक पल शाह,नाजिर हुसेन र नायिका बर्षा शिवाकोटीले अभिनय गरेका छन् । भिडियो मुस्ताङ र मनाङमा  खिचिएको हो । 

चलचित्र  ‘वीरविक्रम २’ मा पल नाजिर र वर्षाको अलावा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व प्रदीप भारद्धाजको कथा रहेको छ । अपर्ण सापकोटा चलचित्रको सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र सुदीप बरालले खिचेका हुन्

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस