रेडियो अडियो

३५ लागिन् रेखा

2018/09/10   Tek

अभिनेत्री निर्मात्री तथा निर्देशक रेखा थापाको आज जन्मदिन परेको छ । विक्रम सम्वत २०३९ साल भदौ ५ गते  मोरङमा जन्मेकी रेखा  आज देखि ३५ वर्षमा प्रवेश गरेकी छिन् । आज जन्मदिन परेकी रेखालाई सामाजिक सञ्जालमार्फत शुभकामना दिनेहरुको ओईरो लागेको छ । त्यस्तै उनलाई फोनमार्फत पनि जन्मदिनको शुभकामनाहरु आईरहेका छन् ।

रेखाले सिनेमामा आउनु भन्दा अगाडि सन् १९९९ को मिस नेपालमा सहभागिता जनाएकी थिईन् जसमा उनी उत्कृष्ट १० मा पर्न सफल भईन् । त्यसपछि उनको सिने करिअरको शुरुवात भयो सिनेमा ‘हिरो’बाट । यो सिनेमालाई छविराज ओझाले निर्माण गरेका हुन् । पहिलो सिनेमा नै सफल भएपछि उनको सिने करिअर लगातार अघि बढ्यो । अहिलेसम्म रेखाले दुई सय सिनेमामा काम गरिसकेकी छिन् । 

व्यवसायिका जीवनमा सफल रहेकी रेखाको व्यक्तिगत जीवन भने सफल छैन जुन सबैसामु छर्लंग छ । सिनेमामा प्रवेश गरेलगत्तै रेखाको विवाह भयो निर्माता ओझासँग । तर बिडम्वना विवाहको ११ वर्षमा उनीहरुको सम्बन्ध बिच्छेद भयो । रेखा ६ वर्ष अघि छविराज ओझासँग अलग भईन् । कानुनी रुपमा भने उनीहरु दुई वर्ष अघि मात्रै अलग भएका हुन् ।

जीवनका साढे तीन दशक काटिसक्दा पनि रेखाको दोस्रो  विवाहको सुरसार छैन । छविसँग अलग भएपछि उनी आमा सरस्वती थापासँग बस्दै आएकी छिन् । 
पछिल्लो समय आफ्ना सिनेमा आफै निर्देशन गर्दै आएकी रेखा यतिबेला सिनेमा मालिकाको प्रचारमा जुटेकी छिन् । उनको यो सिनेमा तिहारको छेको पारेर प्रदर्शनमा आउँदैछ । यस सिनेमामा रेखा थापासँगै कमला वली मुख्य भुमिकामा छन् ।


 


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस