Tuesday, 26 Oct
01:00:00

दीपेन्द्रको ‘घर’मा सुरक्षा अनुबन्धित 

2019/01/04   Gufgaf

गफगाफ:- डीएस डिजिटलको ब्यानरमा बन्न लागेको सिनेमा ‘घर’को लागि अभिनेत्री सुरक्षा पन्त फाईनल भएकी छिन् । अर्पण थापाको लेखन तथा निर्देशन रहने यस सिनेमाको मुख्य भूमिकामा अर्पण थापा पहिले नै फाईनल भईसकेका थिए । 

सुरक्षा घरमा अनुबन्धित भएसँगै निर्माता दीपेन्द्र के खनालको हिरोईनको रुपमा उनलाई हेर्न थालिएको छ । किनभने यस अघि पनि उनले दीपेन्द्रको निर्देशन रहेका धनपति र चंगाचेटमा काम गरिसकेकी छिन् । 

माघबाट फ्लोरमा जाने भनिएको सिनेमा घर पूर्णतया हरर कथामा आधारित हुने बताईएको छ । सिनेमामा अर्को एक जना अभिनेत्रीको पनि खोजी भईरहेको छ । यसका अलावा अन्य केही कलाकारहरुको पनि निर्माण पक्षले खोजी गरिरहेको छ । 

शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गर्ने यस सिनेमाका सह—निर्मातामा सन्तोष अधिकारी रहेका छन् । निर्मात्री शर्मिला पाण्डेले यस अघि पनि दीपेन्द्र के खनालसँग मिलेर सिनेमा  ‘लभ लभ लभ’ र ‘चंगाचेट’ निर्माण गरिसकेकी छिन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस