रेडियो अडियो

‘पिएम नरेन्द्र मोदी’मा मोदी बन्दै विवेक ओवरोय

2019/01/04   Gufgaf

बलिवुडमा २०१९ मा बायोपिकमय हुने भएको छ । वर्षको शुरुवात एनटिआरको बायोपिकबाट हुँदैछ भने त्यसपछि मनमोहन सिंहको जीवनमा आधारित एक्सिडेंटल प्राईम मिनिस्टर आउने छ र त्यसपछि   झाँसीकी रानीको कथा मर्णिकर्णिका प्रदर्शन हुनेछ । अब यो सूचिमा नरेन्द्र मोदीको बायोपिक पनि थपिएको छ । 

अभिनेता विवेक ओवरोयले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत यो खबरको आधिकारिक जानकारी दिएका छन् । उनले  ट्विटरमार्फत विवेकानन्द ओवरोयले पिएम नरेन्द्र मोदीमा मोदीको भूमिका निर्वाह गर्न लागेको उल्लेख गरेका छन् ।  

यो सिनेमाको फस्ट लुक पोस्टर जनवरी ७ मा सार्वजनिक गरिने भएको छ ।  सिनेमाको छायाकंन पनि जनवरी देखि नै शुरु हुनेछ । ओमंग कुमारको निर्देशन रहने यस सिनेमालाई संदीप एस सिंहले निर्माण गर्दैछन् । ओमंग कुमारले यसअघि मेरीकोम र सरबजीत जस्ता बायोपिक  निर्देशन गरिसकेका छन् ।  

Related image
सिनेमामा यस अघि अभिनेता परेश रावल मुख्य भूमिकामा रहने कुरा आएको थियो । परेश यस भूमिकाका लागि तयार पनि भएका थिए । तर उनले केही आन्तरिक कारणले अचानक सिनेमा छोडिदिए । उनले छोडेपछि सिनेमाका लागि विवेक फाईनल भएका हुन् । 

यस सिनेमामा मोदीको प्रधानमन्त्री बन्दासम्मको यात्रालाई समेटिने छ । सिनेमामा मोदीले चिया पसल चलाएको, गुजरातको रोड कर्पोरेशनमा क्यान्टिनमा काम गरेको, राजनीतिमा प्रवेश गरेको र गुजरातको सीएम देखि भारतको प्रधानमन्त्री बन्दा सम्मको यात्रालाई देखाईने छ ।  यो सिनेमाको धेरैजसो छायाकंन गुजरातर्मै गरिने भएको छ ।  

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस