Tuesday, 26 Oct
01:00:00

गोविन्दामाथि किन खनिए कादरका छोरा सर्फराज ?

2019/01/05   gufgaf

गफगाफ -  २०१८ को अन्तिम दिन डिसेम्बर ३१ बलिउडका दिग्गज अभिनेता कादर खानको लागि पनि अन्तिम दिन सावित भयो । उनी त्यही दिन यस संसारबाट बिदा भएर गएको खबर सार्वजनिक भएसँगै बलिउड जगतका कलाकारले पनि सामाजिक संजालमार्फत शोक प्रकट गरेका थिए ।  यसै क्रममा अभिनेता गोविन्दाले समेत इन्स्टाग्राममा कादर खानसँगको एक तस्बिर सेयर गर्दै कादर खान आफ्ना लागि पिता समान रहेको बताएका थिए । 

गोविन्दाको उक्त पोष्ट कादर खानका छोरा सर्फराजले देखेपछि उनी गाविन्दादेखि निकै भड्किएका छन् । सरफराजले एक मिडियासँग भनेका छन्, ‘मेरो बुवालाई सारा बलिउड उद्योगले नै वेवास्ता गरिदिएको थियो । र बुवा सधैं यो भन्दै सम्झाउनु हुन्थ्यो कि उनीहरुबाट कुनै पनि अपेक्षा नराख्नु । गोविन्दालाई यो सोध्नुहोला कि उनले मेरो बुवाको हालखबर कस्तो छ भनेर बुझ्नका लागि कति पटक फोन गरेका थिए ? उनले बुवाको निधनपछि पनि हामीलाई एक कल फोन गर्ने कोशिश समेत गरेनन् ।’ 

सरफराजले अगाडि भने, ‘बलिउडमा कैयौं व्यक्तिहरु थिए जोसँग मेरो बुवा निकट हुनुहुन्थ्यो । तर एक जनामात्रै यस्ता व्यक्ति थिए जसलाई मेरो बुवा मन पराउनु हुन्थ्यो । र वहाँ अमिताभ बच्चन हुनुहुन्छ । मैले बुवालाई तपाईँ सबैभन्दा बढी कसलाई याद गर्नुहुन्छ भनेर सोध्दासमेत अभिताभजी कै नाम लिनुहुन्थ्यो । र मलाई थाहा छ यो दुवैतिरबाट बराबर नै थियो ।’

सरफराजले बुवा कादर खानले अस्पतालमा भर्ना भएपछि पनि अमिताभ बच्चनसँग कुराकानी गरेको बताएका छन् । सामाजिक संजालमा फोटो राखेर बाहिरी दुनियालाई देखाउनकै लागि सम्मान गरेको झैं गर्छन् तर त्यो कुरा फोटोमै मात्रै सीमित हुने उनले बताएका छन् । 

साथै गोविन्दाले उनका बुवासँग अधिकांश फिल्ममा छोराको भूमिकामा अभिनय गरेको भए पनि पछिल्लो समय बुवाको हालखबर सोध्न कहिले पनि फोन नगरेको  उनले बताएका छन् ।  अभिनेता गोविन्दा र कादर खानले ‘कुली नम्बर वान, हिरो नम्बर वान, दुल्हे राजा, राजा बाबु, आन्टी नम्बर वान लगायत २० वटाभन्दा बढी फिल्ममा एकसाथ काम गरेका छन् ।  अधिकांश फिल्ममा कादर खान गोविन्दाको पिता वा ससुरा भएर अभिनय गरेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस