रेडियो अडियो

दीपिकाको वेवसाईट, अत्यधिक भिजिट हुँदा ३ घण्टा ठप्प

2019/01/06   Gufgaf

अभिनेत्री दीपिका पादुकोणले ५ जनवरीमा आफ्नो ३३ औँ जन्मदिन मनाएकी छिन् । यस पटक दीपिकाले आफ्नो जन्मदिनलाई विशेष बनाएकी छिन् ।  एक त उनको विवाह पछिको यो पहिलो जन्मदिन थियो । अर्कातर्फ उनले यसलाई अझै खास बनाउनको लागि आफ्नो वेवसाईट दीपिका पादुकोण डट कम लन्च गरिन् । 

उनको वेबसाइटको नाम  deepikapadukone.com  ५ जनवरी अपरान्ह ४ बजे लन्च गरियो ।  दीपिकाको यस वेवसाईटमा उनको फिल्मी जिन्दगीका उतारचढाव र उनका कामहरु हेर्न पाईनेछ । आगामी दिनहरुमा पनि उनले आफूले गरेका कामको जानकारी यस वेवसाईटबाट दिनेछिन् । 

चाख लाग्दो कुरा दीपिकाले वेवसाईट लन्च गर्ने वित्तिकै उनको फ्यानहरुको लगाव यतिसम्म देखियो कि उनले वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भयो । 

करिब ३ घण्टापछि मात्रै उनको वेबसाइट खुलेको थियो । अब दीपिकासँग जोडिएका मनोरन्जन सम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् । यसरी वेवसाईट मार्फत फयानहरुसँग कनेक्ट हुने आईडिया दीपिका स्वयमको थियो । उनी सामाजिक सञ्जाल ईन्स्टाग्राम र ट्विटरमार्फत मात्र नभयर वेवसाईट मार्फत पनि फ्यानहरुसँग जोडिन चाहन्थिन् । यहि कारण उनले वेवसाईड लन्च गरेकी हुन् । यस अघि सोनम कपूर, आलिया भट्ट, सनी लियोनी, रेमो डिसुजाले फ्यानहरुसँग जोडिनको लागि  वेवसाईट लन्च गरिसकेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस