Tuesday, 26 Oct
01:00:00

ग्लोबल अवार्डमा सर्वोत्कृष्ट अभिनेत्री बनिन् निता 

2019/01/06   Gufgaf

सिनेमा पञ्चायतमा काम गरिसकेपछि अभिनेत्री निता ढुंगानाले एक पछि अर्को अवार्ड हात पारिरहेकी छिन् । शनिबार अमेरिकाको  कोलोराडोमा सम्पन्न तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डमा निताले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । उनले सिनेमा ‘पञ्चायत’बाट ‘एक्टर अफ द इयर फिमेल’ अवार्ड हात पारेकी हुन् । यो अवार्ड जितेसँगै उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् । 

यस अघी  पनि उनले विदेश र नेपालमा सम्पन्न भएका विभिन्न अवार्डमा समेत सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिईन् । पञ्चायत कारोबारमा खासै सफल रहन नसकेपनि यस सिनेमामा निताले गरेको कामको भने चौतर्फी तारिफ भएको थियो । यहि कामकै कारण निताले यो वर्षकी उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्दै आएकी छिन् । 

निताका आगामी सिनेमाहरुको बारेमा स्मरण गर्नुपर्दा उनी अभिनित सिनेमा करोडपति प्रदर्शनको तयारीमा छ । त्यस्तै उनले हालै मात्र  भोजपुरी सिनेमा शेरे ए हिन्दुस्तानीमा काम गरेकी छिन् । उनले नेपालको पहिलो अभिनेत्री भुवन चन्दको पहिलो निर्माण रहेको सिनेमा साईनोमा पनि काम गरेकी छिन् । हाल यस सिनेमाको छायाकंन भईरहेको छ । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस