रेडियो अडियो

हेमन्त कान्छा रसाइलीको ‘भाग्यमानी

2019/01/06   gufgaf

गफगाफ - करिब डेढ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील हेमन्त कान्छा रसाइली नयाँ नेपाली गीतका साथ आएका छन् । म्युजिक नेपालले निकालेको ‘भाग्यमानी ‘’ बोलको गीतमा हेमन्तलाई देवी घर्ती, झलक संगीताम, टेकेन्द्र बोहरा, शर्मिला बीसी, प्रतिमा विश्वकर्मा र अमृता नेपालीले साथ दिएका छन् ।

गीतको रचनाकार सपना रसाइली र संगीत झलक संगीतामको रहेको छ । गीतलाई धेरै दर्शक तथा स्रोताले मन पराएको हेमन्त बताउँछन् । ‘मौलक नेपाली बाजा र लोक फेभरका भएकाले गीत राम्रो बनेको छ । दर्शक र स्रोताले पनि मन पराइरहेका छन्,’ हेमन्तले भने । सो गीतमो म्युजिक भिडियो पनि तयार भएको छ । गीतमा श्रीप्रसाद थापा र रिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश गुरुङले गरेका छन् ।

हेमन्तले २०६३ सालमा गाएको ‘काँचो सुन्तला‘’ बोलको गीत निकै हिट भएको थियो । यसबीचमा उनले करिब दुई दर्जन गीत गाए । लोकगायनका साथे अहिले उनी कुशल सारंगी वादकका रूपमा पनि चिनिन्छन् । उनले सात हजारभन्दा बढी गीतमा सारंगी बाजा बजाइसकेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस