रेडियो अडियो

५१ औँ दिनमा सकियो ‘दाल भात तरकारी’

2019/01/07   Gufgaf

सुदन केसीको निर्देशन रहेको सिनेमा दाल भात तरकारीको छायाकंन सकिएको छ । मंसिर १ गते देखि छायाकंन शुरु  भएको यस सिनेमाको ५१ औँ दिनमा प्याकअप गरिएको हो । सिनेमाको छायाकंन सकिएको भन्दै सिनेमाका निर्माता किरण केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

सिनेमाको छायाकंन सकिएसँगै सिनेमाका प्रस्तुतकर्ता किरण केसीले सिनेमाका कलाकार, प्राविधिक,  प्रहरी, पत्रकार लगायत सिनेमाको छायाकंनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

महसञ्चारको ब्यानरमा निर्माण भएको यो सिनेमा २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ । यस सिनेमालाई रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बांदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनालीले निर्माण गरेका हुन् । 

सिनेमामा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वांदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस