Tuesday, 26 Oct
01:00:00

‘समर लभ’को ट्रेलर सार्वजनिक 

2019/01/07   gufgaf

गफगाफ - माघ २५ गतेबाट भ्यालेनटाइन्स डेको अवसर पारेर रिलिज हुने सिनेमा ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काडमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । सिनेमा समर लभ सुविन भट्टराईद्धारा लिखित उपन्यास समर लभमा आधारित रहेर निर्माण गरिएको हो । सार्वजनिक ट्रेलरमा अतीत र सायाको माँया प्रेम, रोमान्स र विछोड देखाइएको छ ।

यो सिनेमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमाका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । सिनेमाको निर्देशन मुस्कान ढकालले गरेका हुन् । उनले यस अघि सफल सिनेमा नाई नभन्नू ल ३ निर्देशन गरेका थिए ।  उपन्यासले प्रस्तुत गरेका सबै कुराहरुलाई  बुझेर सिनेमा निर्माण गरिएको निर्देशक ढकालले बताए । 

यस्तै उपन्यासका लेखक सुविन भट्टराईले सिनेमाको ट्रेलर आफुलाई निकै चित्त बुझेको बताए । उनले भने सिनेमाले आफुद्धारा लिखित पुस्तकलाई सिनेमाले न्याय गरेको छ । सिनेमामा चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत तथा स्वर रहेको छ ।

सिनेमामा कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको  छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । सिनेमा ‘समर लभ’नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमामा सरोज खनाल, सुरज सिंह ठकुरी, ओम प्रतिक, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस