रेडियो अडियो

बिग बोस विजेता दीपिकालाई एसिड प्रहारको धम्की

2019/01/07   Gufgaf

अभिनेत्री दीपिका कक्कड बिग बोस सिजन १२ को विजेता बनेसँगै उनको चर्चा चुलिएको छ । उनी यो शोको विजेता बनेसँगै सामाजिक सञ्जालमा ट्रोल भईरहेकी छिन् । सामाजिक सञ्जालमा भईरहेको उनको चर्चाका बीच दीपिकाको फ्यान क्लबको ट्विटर ह्याण्डिलमा उनलाई एक ट्विटर प्रयोग कर्ताले एसिड फ्याक्ने धम्की दिएका छन् ।

बिग बोसकै अर्का प्रतिस्पर्धी श्रीसंतका प्रशंसकले दीपिकालाई यस्तो धम्की दिएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् । खासमा श्रीसंतका ती प्रशंसक श्रीसंतले नै बिग बोस जितेको हेर्न चाहन्थे ।

तर श्रीसंतलाई पछि पार्दै दीपिकाले शो जितेपछि उनले दीपिकामाथि यसरी रिस पोखेका हुन् । उनले दीपिकालाई निकै नै असभ्य शैलीमा आफू मुम्बईको भएको बताउँदै यदि आफूले दीपिकालाई कतै देखेको खण्डमा मुखमा एसिड फ्याँकिदिने धम्की दिएका छन् ।

यसरी दीपिकालाई ट्विटर मार्फत धम्की दिने उक्त व्यक्तिको खोजी गरेर पुलिसले तुरुन्तै कारबाही गर्नु पर्ने चौतर्फी माग आएपछि उनले आफ्नो नाम नै परिवर्तन गरिसकेको पनि भारतीय सञ्चार माध्ययममा उल्लेख छ ।

बिग बोस सिजन १२ कै सहभागी सुरभी राणा पनि दीपिकाको सपोर्टमा आएकी छिन् । उनले पनि यसरी धम्की दिने व्यक्तिलाई पुलिसले तुरुन्तै गिरफ्तार गर्नुपर्ने उल्लेख गरेकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस