रेडियो अडियो

दिपक दिपाको प्रस्तुतीमा रामाए मोरङका स्थानिय

2019/01/07   gufgaf

गफगाफ -  मोरङको कानेपोखरी - ६, रमाइलोमा निर्देशक तथा हाँस्य कलाकार दिपाश्री निरौला र कलाकार दिपकराज गिरीले मज्जाले हसाए । साथमा भारतिय रियालिटी सो सा रे ग म प मा सहभागी भएर आएकी गायिका मेनुका पौडेलको प्रस्तुतीमा दर्शक निकै रमाएका थिए ।  पौष २० गते स्थानीय रमाइलोको स्वतन्त्र वाल क्लब र उज्ज्वल भविष्य वालक्लबको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनिहरुले आ आफ्नो प्रस्तुति दिएका थिए ।

उनिहरुको प्रस्तुतिलाई प्रत्यक्ष रुपमा नियाल्न हजारौ दर्शकको उपस्थिति रहेको थियो ।  उज्ज्वल भविष्य वाल क्लवले देश र विदेशमा ख्याति कमाएका कलाकारहरुलाई सम्मान गर्दैै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । कार्यक्रममा कानेपोखरी ६ विहिवारेको जूनतारा वाल क्लबलाई स्थानीय व्यापारी डिल्लीराम फुयाल र सन्तोष फुयालले विभिन्न  वाद्यसामाग्री प्रदान गरका थिए । कार्यक्रममा दिपा, दिपक र मेनुकाको स्वागतका लागि नेवारी परम्पराको लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस