Tuesday, 26 Oct
01:00:00

जोन अब्राहमले उडाए सलमान खानको मजाक

2019/01/07   gufgaf

गफगाफ - बलिउड अभिनेता जोन अब्राहम अभिनित पछिल्ला फिल्म ‘परमाणु’ र ‘सत्यमेव जयते’ ले बक्स अफिसमा राम्रो व्यापार गरेका थिए ।यसका साथै दर्शकहरुले समेत जोन अब्राहमको अभिनयको प्रशंशा गरे । तर अहिले मिडियासँगको कुराकानी जोन अब्राहमले सलमान खानको बारेमा यस्तो बयान दिएका छन्, जुन कुराले सलमान खानको फ्यानहरुलाई दुःखी बनाउन सक्छ ।  

एक अनलाइन पोर्टलका साथ भएको कुराकानीमा जोन अब्राहमले भनेका छन्, ‘मैले यो कुरा  बुझ्न सकिरहेको छैन की स्टारहरुका लागि धेरै कमाई गर्नेहरुको लिस्टमा सामेल हुन किन जरुरी छ ? कलाकारहरुको पहिचान उनीहरुको कामका कारण हुने गर्छ । यस्ता कैयौँ कलाकारहरु छन् जो सर्वाधिक पारिश्रमिक लिनेहरुको लिस्टमा ३ वर्षदेखि सामेल छन् । तर उनीहरुको फिल्म फ्लप भइरहेका छन ।’

unn.prixa.net

जोन यतिमै चुप लागेनन्, उनले सलमान खानको मजाक उडाउँदै भने, ‘वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने अभिनेताको लिस्टमा अभिनेता सलमान खानको नाम सबैभन्दा अगाडि छ । तर यथार्थमा उनको फिल्म ‘रेस ३’ फ्लप भएको थियो । म विवाहहरुमा पैसा लिएर नाच्न पनि सक्दिनँ । यो कुरा गलत त होइन तर म यो सब गर्न सक्दिनँ ।’

अभिनेता सलमान खान र जोन अब्राहमले २००६ मा प्रदर्शित फिल्म ‘बाबुल’ मा एकसाथ काम गरेका छन् । त्यसबेलादेखि नै यी दुई कलाकारबीच मनमुटाव सुरु भएको थियो । दुवैबीचको सम्बन्ध यतिसम्म बिग्रिएको थियो की त्यसबेला फिल्मका निर्देशक रवि चोपडालाई यी दुवैका साथ काम गर्न मुश्किल भएको थियो । अमिताभ बच्चनले त्यसबेला सेटमा यी दुईबीचको विवादलाई शान्त बनाउँदै फिल्मको काम पूरा गराउन सहयोग गरेका थिए । 

तर जोनले फेरि सलमानको अभिनयमा टिप्पणी गरे जसका कारण सलमान निकै भड्किए । त्यसको केही वर्षपछि निर्देशक डेविड धवनले यी दुईबीचको मनमुटावको अन्त्य गराएका थिए । तर अहिले फेरि जोनले यसरी सार्वजनिक रुपमा सलमान खानको मजाक उडाएको थाहा पाएपश्चात सलमान खानले यस कुरालाई कुन रुपमा लिनेछन् भन्ने चर्चा यतिबेला भइरहेको छ ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस