रेडियो अडियो

छक्का पञ्जा ३ क्यानडामा मार्च पहिलो हप्ता पुग्दैछ 

2019/01/09   gufgaf

गफगाफ -  नेपालमा रिलिज भएको लगभग ६ महिना पछि छक्का पञ्जा ३ क्यानडामा पुग्दैछ । यो  व्यवसायीक हिसाबले नेपाली चलचित्र बजारमा आज सम्मकै सफल चलचित्र हो । क्यानडा प्रदर्शनको जिम्मा नेपालको एकमात्र हाँस्यव्यङग्य रेडियो प्रशारण संस्था रेडियो अडियोले  लिएको छ । रेडियो अडियो छक्का पञ्जा ३ को एक्सक्ल्युसिभ मिडिया पार्टनर पनि हो । क्यानडामा छक्का पञ्जा ३ प्रदर्शन को तयारीका बारेमा आज हामीले छक्का पञ्जा ३ का कलाकार समेत रहेका रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीसँग कुराकानी गरेका छौ ।

  • नेपाल सँगै विश्वका धेरै देशहरुमा चलचित्र प्रदर्शन भईसक्यो, क्यानडामा चै किन ढिला गर्नु भएको ?

ढिलो भएको होईन समय कुरेको हो । खासमा यतिबेला क्यानडामा अत्याधिक चिसो छ । यो बेलामा सिनेमा चलाउँदा दर्शकलाई अल्लि प्रभाव पर्ने देखिएकोले हामी पछि सरेका हौं । उता तिरका साथीहरुकै सल्लाहमा हामीले मार्चलाई मिति तोकिएको हो । चलचित्र ढिला प्रदर्शन गर्नुको मुख्य कारण भनेको मौसम हो । 

  • क्यानडाका कुन कुन शहरहरुमा चलचित्र लाग्दै छ ?

क्यानडाका शहरहरुमा जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ छक्का पञ्जा ३ भन्ने हाम्रो नारा नै छ । टोरन्टो, कैलगरी र एडमन्टनमा लगभग पक्का नै भैसक्यो । अन्य शहरका लागि हामीले स्थानिय पार्टनरसँग कुरा गरिरहेका छौ । मुख्य कुरा क्यानडा बासि सबै नेपाली माझ छक्का पञ्जा ३ पुगोस् भन्ने नै छ । त्यसैले सबै शहरहरुमा चलचित्र लगाउने तयारी गरिरहेका छौ । 

  • क्यानडामा कति शोज प्रदर्शन गदैै हुनुहुन्छ ?

यसका बारेमा अहिले ठ्याक्कै यहि भन्न सकिदैन किन भने अमेरिकामा छक्का पञ्जा ३ एक महिना सम्म लगातार हाउसफुल भयो । जापान र अष्ट्रेलियामा उच्च व्यवसायीक सफलता हाँसिल गरयो । दुवई , हंकंग.लगायत का देशमा जहाँ चल्यो त्यहाँ व्लकवास्टर भयो । हामी त क्यानडामा पनि यस्तै होस् भन्ने चाहान्छौं । 

Image result for chhakka panja 3

  • क्यानडाका दर्शकले चलचित्रलाई साथ देलान भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? 

सिनेमा र दर्शक सँग ढुक्क नभएको भएले हामीले क्यानडामा सिनेमा लाने तयारी नै गर्थेनम् । तपाईलाई थाहा छ, रेडियो अडियोले बिदेशमा सिनेमा बितरणको शुरुवात नै क्यानडाबाट गर्दैछ । दर्शकको मागलाई मध्य नजर गरेर चलचित्र प्रदर्शन गर्न लागेका हौ । त्यसैले क्यानडाका दर्शकले पनि चलचित्रलाई  साथ दिनेमा हामी विश्वस्त छौँ ।

  • नेपाल सँगै अन्य विभिन्न देशहरुमा त चलचित्रले रेकर्ड नै राख्न सफल भएको छ, के क्यानडामा पनि चलचित्रले रेकर्ड बनाउन सक्ला ?

चलचित्रमा उठान गरिएको विषयवस्तुले दर्शकको मन जित्न सफल भएको छ । विभिन्न देशहरुमा विभिन्न रेकर्ड राख्न सफल भएको चलचित्रले क्यानडामा चै नराख्ला भन्न सकिन्छ र ? 

  • छक्का पञ्जा ३ प्रदर्शनका लागि क्यानडा नै रोज्नुको कारण के हो ?

पहिलो कुरा सिनेमा बितरणमा यो हाम्रो पहिलो प्रयास हो । त्यसैले हामी घाटाको व्यापार गर्दैनौं । यसको मतलव पैसाकै लागि हामीले क्यानडा राजेको पनि हैन तर एउटा कुरा चैं पक्का के हो भने अन्यत्र जस्तै क्यानडामा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक हुनुहुन्छ । तर अधकांश सिनेमा धेरै दर्शक भएको ठाउँमा पुग्छन् हामीले धेरै दर्शक भन्दा पनि नेपाली सिनेमालाई माया गर्ने दर्शक खोज्दै जाँदा क्यानडालाई रोज्यौ । तपाईलाई जानकारी गराई हालौं क्यानडा पछि हामीले ( रेडियो अडियोले ) छक्का पञ्जा ३ लाई म्यान्मार लादैंछौ । क्यानडा को क्यालगरी मा रहेको चर्चित रेडियो  रेड एपm एमका साथै क्यानडामा रहेका बिभिन्न नेपाली समुदाय र नेपालीका लागि काम गर्दै आएका संघ संस्था संघ मिलेर सिनेमाको प्रदर्शन गर्दैछौं । भन्नाले सिनेमा प्रदर्शन पछि आउने आम्दानी हामीले मात्रै लिएर आउँदैनौं । स्थानिय संघ संस्थाका लागि कोष बृद्धिका पनि सहयोग पुग्छ भन्ने हाम्रो बिश्वास छ ।  

Related image

  • तपाइहरुले चलचित्र छक्का पञ्जा ३ बाट अन्तराष्ट्रिय प्रदर्शनका सुरु गर्नुको कारण ?

रेडियो अडियोले नेपालमा एक किसिमको छाप बसाइसकेको छ । काठमाण्डौमा मात्र नभएर देशै भरी हाम्रा कार्यक्रमहरु प्रसारण भइरहेका छन् । त्यसैले पनि यसै समयमा हामीले फड्को मार्नु उचित ठानेका हौ । त्यसमा पनि छक्का पञ्जा ३ सँग हाम्रो एक किसिमको सम्वन्ध त छदै नै छ । हामीले यस बाट सुरुवात गरेका हौ । हामी यसलाई व्यवसायिक हिसावले नै अघि बढाउने छौ ।

  • भने पछि अब रेडियो अडियोले नेपाली सिनेमाको अन्तराष्ट्रिय बजारमा हात हालेको हो ? 

हो , अब हामीले नगरे कल्ले गर्ने ? एउटा सिनेमा बिदेशमा प्रदर्शन हुँदा निमार्ता र प्रदर्शकले मात्रै पैसा कमायो भन्ने हैन । एउटा नेपाली सिनेमा बिदेशमा प्रदर्शन हुँदा , हाम्रो भाषा पुग्छ , नेपाली समाज र संस्कृतिको अन्तराष्ट्रिय करण हुन्छ । गित संगितले नयाँ बजार पाउँछ । यी सबै कुरा ख्याल गरेर हामीले यसको सुरुवात गरेका छौ । र अब संसारै भरि नेपाली नपुगको ठाउँ छैन । हेर्दै जानुस् एक दिन यस्तो आउने छ , जसरी भारतिय सिनेमा संसार भरि एकैसाथ रिलिज भए जस्तै नेपाली सिनेमाको बजार पनि सम्भव छ । हामी यहि अभियानमा छौं र समाजलाई भ्रमित नपार्ने, गहन विषय वस्तुको उठान गरेका, व्यवसायिक  हिसाबले घरेलु बजारमा  सफल मानिएका नेपाली जुन सुकै चलचित्र भए आगामी दिनमा व्यवसायिक हिसावले  नै काम अगाडि बढाउने सोच बनाएका छौ । त्यसै अन्र्तगत हाल बनिरहेका केही प्रतिक्षित चलचित्र संग पनि कुराकानी भइरहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस