रेडियो अडियो

एक्सन सँगै माँयाले भरिएको चलचित्र ‘रणवीर’

2019/01/09   gufgaf

गफगाफ - सुशील सिटौला तथा प्रशान्त ताम्राकार अभिनित चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समय सार्वजनिक गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ मार्फत चर्चामा रहेको अबस्थामा निर्माण युनिटले चलचित्रका केहि पोस्टरमा सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका लिड कलाकारहरु सुशील सिटौला, प्रशान्त ताम्राकार, सुबेक्षा खड्का, सुपुस्पा भट्ट प्रस्तुत छन् । फिल्म आउँदो माग १८ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारी छ । चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माण युनिटको भनाइ छ । 

अभिनेता सुशील सिटौला चलचित्रको कथावस्तु अनुसारको लुक्सका लागी नियमित जिम गरेका थिए । उनले नियमित रुपमा जिम गरेर ७० केजी बाट आफ्नौ तौल ८५ केजी बनाएका छन् । उनले यसै चलचित्रका निम्ति करिव १० महिना जिम गरेको बताइएको छ । चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, रवि गिरी, शुभेच्छा खड्का, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र ‘रणवीर’ को निर्देशन गोविन्द सिंह भण्डारीले गरेका हुन् । चलचित्रको  कथा, पटकथा तथा संवाद पनि निर्देशक भण्डारीकै रहेको छ । चलचित्र ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । चलचित्रमा हर्कुलेस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले चलचित्रको निर्माण गरेका हुन् ।चलचित्र युनिटले माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस