रेडियो अडियो

अनमोललाई अमेरिकामा गरिन् सुहानाले स्वागत

2019/01/10   gufgaf

गफगाफ -चलचित्र ए मेरो हजुर ३ को छायंकन भइरहेको  छ । नेपालमा गर्नुपर्ने छायंकन भने सम्पन्न भएको छ । ए मेरो हजुर ३ पश्चात स्टार अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सले निर्माण गर्ने भनिएको चलचित्र व्याच्लर बन्टिमा काम गर्ने चर्चा थियो । तर अन्तिम समयमा अभिनेता अनमोल केसीले उक्त चलचित्र नगर्ने बताए । उनले व्याच्लर बन्टि नगर्नुको कारण भने खुलाएका छैनन् । उक्त प्रतिकृया दिएको केहि समय नबित्तै उनि अमेरिका तिर लागेका छन् । 

अभिनेता अनमोल केसीलाई अमेरिकामा अभिनेत्री सुहाना थापाले स्वागत गरेकी छिन् । चलचित्र ए मेरो हजुर ३ कि निर्देशक एबम नायिका झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिलकुमार थापाले उनलाई अमेरिकाको डीसी डलस बिमानस्थलमा स्वागत गरेका हुन् ।  चलचित्र ए मेरो हजुर ३ को बाकी छायांकनका लागि भन्दै अनमोल २ साताका लागि अमेरिका पुगेका हुन् । चलचित्रमा समाबेश  एउटा गीत र केही दृश्य अमेरिकामा खिच्ने तयारी भएको निर्देशक थापाले बताएकी छन्  ।

अनमोलले अमेरिका उड्न अघि पत्रकारसँगको कुराकानीमा ए मेरो हजुर ३ की अभिनेत्री सुहाना थापाको प्रशंसा समेत गरेका थिए । उनले अभिनेत्री सुहाना थापा चलचित्र क्षेत्रकै लागि जन्मिएको बताएका थिए । चलचित्र चैत्र २९ गते बाट अल नेपाल प्रदर्शनमा आउने पक्का भइसकेको छ ।

चलचित्रमा एक स्टार गायक र  उनको फ्यान बिचमा हुने प्रेम सम्वन्ध र त्यस बिचमा आइपर्ने उतार चडापहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । चलचित्र सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सुनिल कुमार थापा सुहाना थापाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहाना सगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस