रेडियो अडियो

‘फरेस्ट गम्प’को हिन्दी रिमेक आमिरले बनाउने

2019/01/10   gufgaf

गफगाफ - बलिउडमा ‘मिस्टर पर्फेक्सनिष्ट’को परिचय बनाएका अभिनेता आमिर खान यति बेला नयाँ फिल्मको तयारीमा जुटेका छन् ।  आमिर खान यतिबेला यस फिल्मको लागि आफ्नो फिटनेसमा निकै ध्यान दिइरहेका छन् । यस फिल्ममा आमिरलाई दर्शकले फिट, स्लिम र युवा अवतारमा देख्नेछन् । तसर्थ आमिर खान अहिले उनको स्ट्रिक्ट डाइट फलो गरिरहेका छन् । खबरहरुका अनुसार अभिनेता आमिर खान सन् १९९४ को हलिउड क्लासिक फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन् ।

यस फिल्ममा आमिर खान टम ह्यांक्सले निर्वाह गरेको भूमिकामा देखिनेछन् । जो यस फिल्ममा एक साधारण व्यक्तिको भूमिकामा देखिएका थिए । यो फिल्म राजनिति, इतिहास, खेल, युद्ध, प्रेम, पीडाको समिश्रण रहेको एक उत्कृष्ट कहानीमा आधारित छ । आमिर खानका पूर्व म्यानेजर अद्वैत चन्दनले यस फिल्मको निर्देशन गर्न सक्ने बताइएको छ । आमिर खान प्रोडक्शनले गएको वर्ष प्यारामाउण्ट पिक्चर्ससँग यस फिल्मको अधिकार खरिद गरिसकेको थियो । साथै अभिनेता आमिर खान अभिनेता टम ह्यांक्सबाट प्रभावित छन् । साथै आमिरको अभिनय शैली पनि टम ह्यांक्सबाटै सापटी लिएको भन्ने चर्चा पनि बेला बेलामा हुने गर्छ । 

फिल्म ‘फरेस्ट गम्प’ का मुख्य पात्र फोरेस्टको दिमागले कम काम गर्छ । यति हुँदाहँुदै पनि उसले जीवनमा सफलता प्राप्त गर्दै एक ऐतिहासिक पुरुष बन्न सफल हुन्छ । तर उसको साँचो प्रेमले उसलाई छोडेर जान्छ । 

त्यस समयमा यस फिल्मले ओस्कर अवार्डका १२ वटा नोमिनेसनमा पर्न सफल भएको थियो भने ६ वटा विभिन्न विधामा ओस्कर अवार्ड जितेको थियो । यो फिल्म लेखक विन्स्टन ग्रूमको सन् १९८६मा प्रकाशित उपन्यासमा आधारित थियो । अभिनेता टम ह्यांक्सले यसै फिल्मबाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका थिए । 

अभिनेता आमिर खानले यस अघि पनि उनी अभिनित फिल्महरुका लागि उनको भूमिका अनुसार आफ्नो शरीरलाई वर्कआउट गरेर चरित्र अनुसार ढालेका थिए । फिल्म ‘गजनी’ मा ८ प्याक एब्स बनाएका थिए ।  यस्तै उनको फिल्म ‘दंगल’का लागि उनले ९८ किलो तौल बनाएका थिए भने त्यसको ६ महिना भित्र युवा अवस्थाको भूमिकाका लागि तौल घटाएर फिट भएका थिए । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस