रेडियो अडियो

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘चौका दाउ’  प्रदर्शनमा

2019/01/11   gufgaf

गफगाफ - यस साताको फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘चौका दाउ’  प्रदर्शनमा आएको छ । चलचित्रको गीत तथा ट्रेलरलाई दर्शकले रुचाएका छन् । दर्शकको सकारात्मक टिप्पणीका कारण पनि चलचित्र निर्माण पक्ष उत्साहित देखिएको छ ।  चलचित्र ‘चौका दाउ’  हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा उमेर ढल्किएका ४ बुढाहरु एक तरुनीको मोह जालमा फस्दा आइपरेका समस्याहरुलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको छ । 

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको ‘चौका दाउ’  लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्र ‘चौका दाउ’ को परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । उनि करिव साँढे चार दशकदेखि चलचित्र एवम् संगीत क्षेत्रमै सकृय छन् । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायँकन दीर्घ गुरुङले गरेका हुन् ।

चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन्, कोमल राजभण्डारी र सुमन गुरुङको नृत्य निर्देशन रहेको छ भने निर्माण संयोजक नरेन्द्र खड्का हुन । चलिचित्रको सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।चलचित्र ‘चौका दाउ’मा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा,  वर्षा राउत, अजश्र ढुँगाना, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।   सौर्य प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस