Tuesday, 26 Oct
01:00:00

“खम्बे” ले अब चलचित्र निर्माण गर्ने

2019/01/11   gufgaf

गफगाफ - कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्देशक एबम कलाकार इन्द्र दोङ्ग लामा “खम्बे” ले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको नाम भने अहिले नै खुलाइएको छैन । उनले निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन भने शिब शर्माले गर्ने पक्का भएको बताइएको छ । यतिबेला चलचित्रको कथामा काम भइरहेको बताइएको छ ।

कथाको काम सम्पन्न भए पश्चात चलचित्रको पात्र छनोट गर्ने र नाम सार्वजनिक गर्ने तयारी खम्बेले गरेका छन् । उनले काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेका छन् । स्टुडियो मार्फत उनले विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका छन् ।बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् कलाकार इन्द्र दोङ्ग लामा खम्बे ।

 काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानै देखि कलाकारितामा रुचि राख्दै आएका थिए । सडक नाटक हुदै आफ्नो कलाकारिता सुरु गरेका कलाकार इन्द्र दोङ्ग खम्बेले कलाकारिताको सुरुवाती दिनहरुमा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य सँंग विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाए । विभिन्न सडक नाटक, मह चौतारी, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सब बाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् ।
उनले कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार निर्देशन गर्दै आएका छन् । उनि उक्त टेलिचलचित्रमा खम्बे नामको पत्र समेत गर्दै आएका छन् ।  उनले हर्के हल्दार संगै नेपाल टेलिभिजनबाट प्रसारण हुने अर्को हास्य टेलिचलचित्र झट्का को समेत निर्माण तथा निर्देशन गर्दै आएका छन् । यस्तै उनले रमाइलो टेलिभिजन बाट प्रशारण हुने माइकल ज्याक्सन नामक हास्य टेलिचलचित्र समेत निर्माण गर्दै आएका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस