Tuesday, 26 Oct
01:00:00

गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक (भिडियो सहित) 

2019/01/11   gufgaf

गफगाफ - भाइरल गायिका समिक्षा अधिकारिको दोस्रो गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ । चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समिक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समिक्षालाई संगीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए ।उमेर सानै भए पनि मिठो स्वर भएकि समिक्षालाई संगीतकार बसन्त सापकोटाले काठमाडौँ ल्याएर दोस्रो गीत रेकर्ड गराएका थिए ।

रिलिज भएको उक्त नयाँ गीत“वनमा काफल पाक्यो”मा समिक्षाले आवाज दिएकि छिन् जसमा बसन्त सापकोटाले नै संगीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् ।गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानहरुको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । भिडियोमा समिक्षा अधिकारी र बसन्त सापकोटाले अभिनय गरेका छन् । विदेशमा बस्ने बुवाहरुप्रति सर्मपित गीतलाई युट्युबमा रुचाइएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस