रेडियो अडियो

विवादपछि हट स्टारबाट हटाईयो ‘कफि विद करण’ 

2019/01/11   Gufgaf

भारतको चर्चित च्याट शो कफि विद करणमा सहभागी क्रिकेटर हार्दिक पंड्या र केएल राहुलको एपिशोट ओटीटीबाट हटाईएको छ । यो एपिशोड ओटीटी प्ल्याटफर्म हट स्टारमा राखिएको थियो । यसलाई बिसीसीआई अर्थात बोर्ड अफ कन्ट्रोल फर क्रिकेट ईन ईण्डियाद्धारा क्रिकेटर्सलाई पठाईएको सूचना पछि हटाईएइको हो । 

हार्दिक पंड्याले कार्यक्रममा  आफ्नो धेरै महिलाहरुसँग सम्बन्ध भएको खुलासा गरेका थिए । उनले आफू आफ्ना आमा बुवासँग निकै नै निकट भएको बताउँदै  आफूले आफ्नो भर्जिनिटि गुमाएको कुरा समेत भनिसकेको खुलाएका थिए । 

यसका अलावा उनले कुनै पनि ठाउँमा केटीहरुसँग भेट हुँदा आफूले उनीहरुको नाम नसोधी उनीहरुलाई हेर्न मन पराउने बताएका थिए । उनले क्लबमा केटीहरुको नाम सोध्न भन्दा पनि आफूलाई उनीहरु कसरी हिड्छन् ? केके क्रियाकलाप गर्छन् ? जस्ता व्यवहारहरु हेर्न मन लाग्ने बताएका थिए । उनको यो बयान पछि सामाजिक सञ्जालमा उनको विरोध शुरु भएको थियो । 

उनको यो बयान महिलाको अहितमा भएको भन्दै विरोध भएको थियो । बिसीसीआईले हार्दिकले कार्यक्रममा भनेको कुराहरु निकै नै लाज लाग्दा र मुर्खतापूर्ण भएको बताएको थियो । साथै उनलाई यस विषयमा स्पष्ट पार्नको लागि २४ घण्टा दिईएको थियो । 

यसमा पड्याले आफूलाई आफ्नो गल्तीको महसुस भएको बताउँदै आगामी दिनहरुमा यस्ता गल्ती नगर्ने बताएका छन् । 
कार्यक्रममा उनीसँगै उनकै टिमका लोकेश राहुल पनि थिए । राहुल र पंड्या अस्ट्रेलिया र न्युजिल्याण्डको विरुद्ध  एक दिने  टी २० सीरिजको लागि भारतीय टिममा सहभागी भएका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस