Tuesday, 26 Oct
01:00:00

सर्यो ’प्रेमलीला’ फागुन १० मा आउने

2019/01/12   gufgaf

गफगाफ - माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म ’प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछी सारेको छ । फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछी फिल्म निर्माण टिमले प्रदर्शनलाई पछी सारेको फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् । फिल्म अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिच फागुन १०मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् । 

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस