रेडियो अडियो

एक्सनले र प्रेमले भरिएको ‘रणवीर’ ट्रेलर

2019/01/12   gufgaf

गफगाफ -  माघ १८ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्म ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । प्रशान्त ताम्राकार र सुशील सिटौला बीचको एक्सनका दृष्यहरुलाई देख्न सकिन्छ ।प्रशान्त र शुशील दुवै एंग्री अवतारमा प्रस्तुत छन् ।

नायिकाहरु शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिल्ममा शुशीलको प्रेमिकाको रोलमा प्रस्तुत भएका छन् । फिल्मको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ ले सकारात्मक प्रतिक्रिया पाइरहेको बेला सार्वजनिक ट्रेलर प्रमोसनको गतिलो हतियार बन्न पक्का छ ।फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ ।

फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेको फिल्ममा रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस