रेडियो अडियो

राजाराम पौडेल र इश्वरी पौडेलको यसरी भएको थियो विवाह

2019/01/12   gufgaf

गफगाफ - राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हाँस्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनय यात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् ।  उनि सानै उमेर देखि नै कथा,कविता,गजल लेख्ने गर्थे साथै अभिनयमा पनि उनको उत्तिकै रुची थियो । उनले बाठमाण्डौको रत्न राज्य क्याम्पसमा संगीत विषय लिएर अध्ययन गरेका थिए भने पत्रकारिता पनि सगै गर्दै अएिका थिए । 

एक दिन उनले एक जना युवतीलाई परै बाट बदम खादै गरेको देखे । निकै बेर उनले ति युवतीलाई नियालेर हेरे । उनले सोहि युवतीलाई आफ्नो जिवनसाथी बनाउने निर्णय गरे र घरमा गएर अविभावक सँग कुरा गरे । अन्तत सोहि युवती सँग उनको विवाह भयो । उनले २०४० सालमा इश्वरी पौडेलसँग विवाह गरेका हुन् । हाल उनिहरुका २ सन्तान छन् । राजाराम पौडेल हाल काठमाण्डौका नक्सालमा आफ्ना परिवारका साथ बस्दै आएका छन् ।

हास्य कलाकार राजाराम पौडेल विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखला आउँदा बढी चर्चित थिए ।त्यो भन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण हुने चर्चित हाँस्य श्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडल सबै दर्शकको मन मनमा बस्न सफल भए ।  तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन ।

चलचित्र दाल भात तरकारीमा उनि कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दश मा पनि उनि कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् ।पछिल्लो समय हास्य कलाकार राजाराम पौडेल नेपाल टेलिभिजन बाट प्रसारण हुदै आएको मुन्द्रेको कमेडी क्लवमा सहभागी भएर दर्शकलाई हसाउदै आएका छन् ।

बाकी कुराहरुका लागी हास्य कलाकार राजारम पौडेल र उनकी श्रिमती इश्वरी पौडेलसँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस्

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस