> Gufgaf.com

रेडियो अडियो

महेश बाबूको जोडी कट्रिना केफ ?

2019/01/13   gufgaf

गफगाफ - बलिउड अभिनेत्री कट्रिना केफका वर्ष २०१८ मा २ वटा फिल्महरु रिलिज भएका थिए । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अभिनेता आमिर खानका साथ र अर्को फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खानका साथ कट्रिनाले स्क्रिन सेयर गरेकी थिइन् । बलिउडका दुई सुपरस्टार अभिनेताहरुका साथ काम गरेकी कट्रिनाका दुबै फिल्म बक्स अफिसमा भने असफल साबित भए । 

बलिउडमा फिल्मको असफलता पछि अभिनेत्री कट्रिना केफ अब छिट्टै नै साउथ फिल्मका सुपरस्टार महेश बाबूका साथ अभिनय गर्ने खबर सार्वजनिक भएको छ । अभिनेता महेश बाबू यतिबेला फिल्म ‘महर्षि’ को छायांकनमा ब्यस्त छन् । महेश बाबूको यस पछिको फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री कट्रिना केफलाई कास्ट गर्ने तयारी भइरहेको छ । 

साउथ फिल्म निर्देशक सुकुमार महेश बाबूका साथ फिल्म बनाउने तयारी गरिरहेका छन् । साथै उनको अब बन्ने फिल्मका लागि निर्माताहरुले बलिउडका कयौं अभिनेत्रीहरुका बारेमा छलफल गरेपश्चात यस फिल्ममा कट्रिना केफलाई कास्ट गर्ने निर्णय गरेका छन् । निर्देशक सुकुमारले कट्रिना समक्ष उनको अब बन्ने फिल्मका लागि प्रस्ताव पनि राखिसकेका छन् । अहिले यस फिल्मको स्क्रिप्टको काम चलिरहेको छ । फिल्ममा धेरै जसो कलाकारहरुको टुंगो पनि लागिसकेको छ । 

साउथ फिल्मका सुपरस्टार महेश बाबू अहिलेसम्म बलिउड फिल्ममा डेब्यू गरेका छैनन् । तर महेशले छिट्टै नै बलिउड फिल्ममा डेब्यू गर्न सक्ने चर्चा पनि भइरहेको छ । तर अहिले भने महेश उनको फिल्म ‘महर्षि’ को काममा व्यस्त छन् । साथै उनले निर्देशक सुकुमारको अहिले नाम सार्वजनिक नगरिएको फिल्म साइन गरिसकेका छन् ।  

कट्रिना केफले यस फिल्मलाई साइन गरिन् भने यो उनको तेस्रो साउथ फिल्म हुनेछ । यस अघि उनले अभिनेता वेन्कटेश दग्गुबातीका साथ फिल्म ‘मालिसवारी’ र अभिनेता नन्दामुरी बालाकृष्णका साथ ‘अल्लारी पिद्दुगु’ मा काम गरिसेकी छिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस