gufgaf

“जुन त लाग्यो ताराले” बाट चर्चा कमाएकी गायिकाको “मेरो धर्म नेपाली मेरो जात नेपाली”

2019/01/13   gufgaf
   

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गाएर चर्चामा आएकी बाल गायिका हुन् आयुष्का खनिया । उनले गायक अलमोडा राना उप्रेतीसँग मिलेर उक्त कभर गीत गाएकी थिइन् । उनै १३ वर्षे गायिकाको यतिबोल अर्को गीत रेकर्ड भइरहेको छ । राष्ट्रिय भावनाले ओत्प्रोत भएको “मेरो धर्म नेपाली मेरो जात नेपाली” बोलको गीतलाई डाक्टर कृष्णहरी बरालले लेखेका हुन् । गीतको संगीत भने संगीतकार गैरे सुरेषले गरेका हुन् ।

आयुष्का अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन् । जाहाँ रहे पनि नेपाल र नेपालीको मायाँ उस्तै रहन्छ भन्ने सन्देशका साथ गीत तयार गरेको डा. कृष्णहरी बरालले बताए । “आयुष्काले नेपाली भाषा त्यति राम्रो सँग बोल्न जान्दिन् त्यसैले उनलाई सहज हुने गरी गीत तयार गरिरहेका छौ” गीतका संगीतकार रहेका सुरेष गैरेको भनाइ थियो । 

अष्ट्रेलियामा बसोबास गर्दै आएकी गायिका  आयुष्का यतिबोला भ्याकेसनको छुट्टिमा नेपाल आएकी छिन् । सोहि छुट्टिको अवसर पारेर उनले गीत रेर्कड गराइरहेकी छन् । उक्त गीतको म्युजिक भिडियो बनाउने तयारी पनि भइरहेको बताइएको छ ।

थप कुराकानीका लागी तलको भिडियो हेर्नुहोस

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
पैशा चोर्दा फस्यो पाँडे

गफगाफ - यस पटकको हास्य टेलिश्रिंखला भद्रगोलमा चे
पुरा पढ्नुहोस

परिक्षामा  किन दुबैजनाले फरक फरक नाम लेखेको...??

रबिन्द्र र देबेन्द्र दुईभाई एउटै कक्षामा पढ्दा रहेछन ।त्यतिकैमा

एकदि
पुरा पढ्नुहोस

यस्को लागि त पर्चा चाहिन्छ नि ल्याउनुभएको छ ??

शर्मा जी एउटा मेडिकलमा साहुजी सँग...

शर्मा जीःसाहुजी मलाई बिष दिनुन्...


पुरा पढ्नुहोस

हिजो भर्खर किन्देको हैन ??फेरि आज चैँ किन  चाहियो नि ??

हरि पर्कमा बसिरहेको थियो त्यतिकैमा हरिको ग्रलफ्रेन्ड सिता आएर..

सिताः(
पुरा पढ्नुहोस

‘जात्रै जात्रा’को अफिसियल चार पोष्टर सार्वजनिक

गफगाफ - आगामी जेष्ठ ३ गते रिलिज हुने सिनेमा ‘जात्रै जात्रा&r
पुरा पढ्नुहोस