gufgaf

विहे अगावै गर्भवती ? नरगीसको यस्तो भनाई

2019/01/13   Gufgaf
   

अभिनेत्री नरगीस फाखरी यतिबेला आफ्नो आगामी सिनेमा  अमावसको काममा व्यस्त छिन् । अहिले उनले सिनेमाको प्रचारको लागि सामाजिक सञ्जालमा लगातार तस्बिरहरु पेस्ट गरिरहेकी छिन् । पछिल्लो समय नरगीस अलि मोटाएकी छिन् । सधै फिट रहने अभिनेत्रीको अचानक तौल बढेको देखेर भारतको एक अनलाईन पोर्टलले नरगीस गर्भवती भएको  खबर प्रकाशित गरिदियो । 

उनी गर्भवति भएको खबर भाईरल पनि भयो ।  इसरी विहे अगावै आफू गर्भवति भएको खबर भाईरल भएपछि नरगीस भने दुखी भएकी छिन् । उनले यस विषयमा ट्विटर मार्फत एकशन लिएकी छिन् । नरगीसले आफ्नो गलत खबर प्रकाशित गर्ने उक्त अनलाईनलाई  आफ्नो गलती सुधार्न आग्रह गरेकी छिन् । 

Image result for nargis fakhri pregnant

नरगीसले उक्त वेवसाईडको नाम उल्लेख गर्दै लेखेकी छिन्, ‘यो निकै नै गलत कुरा हो । तपाईँ कसरी मेरो बारेमा यस्तो गलत खबर लेख्न सक्नुहुन्छ ? मेरो अलिकती तौल बढ्यो भन्दैमा तपाईँ कसरी मेरो बेईज्जत गर्न सक्नुहुन्छ ?  

यो खबर जसले लेखेकोको हो उसलाई मेरो बारेमा केही पनि जानकारी रहेनछ । किनभने यस समाचारमा भएका एक एक शब्द गलत छन् ।’ 

नरगीसको प्रेम जीवन
बलिवुडमा आएपछि अभिनेत्री नरगीस फाखरीको नाम अभिनेता उदय चोपडासँग जोडिएको थियो । तर उदयसँग सँग ब्रेकअप भएपछि उनको जीवनमा उनी भन्दा ५ वर्ष कान्छा प्रेमी म्याट अलोंजोको आगमन भयो । तर अलोंजोसँग पनि नरगीसको ब्रेकअप भयो । सन् २०१७ देखि लिभ ईन रिलेसनसिपमा रहेका यी दुईले सन् २०१९ को शुरुवातमा विवाह गर्ने कुरा पनि थियो । तर त्यो सम्भव भएन । 

नरगीसले आफ्नो सामाजिक सञ्जाल ईन्स्टाग्रामबाट अलोंजोका सबै तस्बिरहरु हटाएपछि उनीहरुको ब्रेकअप भएको अनुमान लगाईएको हो । यसका साथै नरगीसले अलोंजोलाई ईन्स्टाग्राममा अनफ्लो समेत गरेकी छिन् ।  

Related image

उता नरगीस उदय चोपडासँग प्रेममा हुँदा पनि उदयकी आमाले उनीहरुको विवाहलाई स्विकृती दिएकी थिईन् ।  यति मात्रै हैन उदयको घरमा नरगीसलाई भाउजु भनेर बोलाउने गर्थे ।  

यहि बीच नरगीसले आफ्नो ईन्स्टाग्राममा अमेरिकन डायरेक्टर म्याट अलोंजोसँग केही तस्बिरहरु सेयर गरिन् । ती तस्बिरहरु अलोंजोको जन्मदिनमा खिचिएको थियो जसमा  नरगीसले अलोंजोलाई किस गरेकी थिईन् । 

Image result for nargis fakhri and udaya chopra

नरगीस र अलोंजोको निकटाताका कारण उदयले नरगीससँग ब्रेअप गरेको बताईन्छ । तर नरगीसलाई भने उदयले ब्रेकअप दिएपछि निकै ठूलो चोट पुगेको स्रोतले जनाएको छ । उदयसँगको ब्रेकअपको  पीडा भुलाउन नरगीस भारत छाडेर केही समय अमेरिका गएको बताईन्छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस