gufgaf

‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने

2019/01/13   gufgaf
   

गफगाफ - आगामी १२ फेब्रुअरी देखि १७ (अर्थात २९ माघदेखि फागुन ५) गतेसम्म सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन् । प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था  ग्रिन आर्ट मिडियाले लाजिमपाटस्थित शंकर होटलमा एक कार्यक्रममा बिच अदितीलाई ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिर्याउदै अन्तराष्ट्रिय प्रतियोगीताका लागि आधिकारीक बाटो खुल्ला गरेको हो ।

 कार्यक्रममा ‘मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल  २०१९’ दुर्गा विसुराल चुनिएकी छन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगिता ‘मिसेस हेरिटेज ईन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ईप्लानेट आयोजक रहेको यो अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज ईन्टरनेशनलको उद्धेश्य विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ । 

युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका ४० बढी मुलुकको प्रतियोगीतामा सहभागीता रहनेछ  गर्दछ । २० वर्षकी अदिती श्रेष्ठ सामाजिक बिषयमा स्नातक तहमा अध्यायनरत छिन् । दुर्गा विसुरालले भने सोसीयोलोजीमा मास्टर गरेकी छन् । उनी विभिन्न व्यवसायमा समेत आबद्घ छिन् ।  दुबै प्रतियोगी सिंगापुर व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुति लगायत बिभिन्न बिषयमा प्रशिक्षण सहित उड्नेछन् । उनीहरुको प्रतिभा निखार्ने काम कोरियोग्राफर अनिला श्रेष्ठले गर्नेछिन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस