
>
गफगाफ - नेपाली चलचित्रका धेरै अभिनेत्रीहरु निर्माता बनिसेका छन् । निर्माता बनेका कतिपय अभिनेत्रीहरु सफल पनि भएका छन् । करिष्मा मानन्धर,रेखा थापा,स्वेता खड्का,निशा अधिकारी, रिचा शर्मा,शिल्पा पोखरेल,केकी अधिकारी,पुजा शर्मा लगायत नायिकाबाट निर्माता बनिसकेका नायिकाहरु हुन् । अब यो लिष्टमा नायिका प्रियंका कार्की पनि थपिएकी छिन् । नायिका प्रियंका कार्कीले पनि अब चलचित्र निर्माण गर्ने तयारी भइरहेको छ ।
नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गर्ने पक्का भइसकेको बताइएको छ । यतिबेला चलचित्रको कथामा काम भइरहेको बताइएको छ । कथाको काम सम्पन्न भए पश्चात चलचित्रका निम्ति पात्रको खोजि हुने छ । चलचित्रमा नायिका कार्की स्वयमले अभिनय गर्ने या अरु कसैलाई राख्ने भन्ने कुरा समेत कथा लेखन पछि मात्र टुंगो लाग्ने नायिका कार्कीले बताएकी छन् ।
यस अघि निर्देशक साम्तेन भुटियासँग नायिका कार्कीले चलचित्र अनागत मा काम गरेकी थिइन् । प्रियंकाले निर्माण गर्नलागेको चलचित्रको कथा समेत निर्देशक साम्तेनले नै लेख्दै छन् । साम्तेनको कथा सुनेपछि आफू चलचित्र निर्माण गर्नका लागि तयार भएको नायिका कार्कीको भनाइ छ । उनले अभिनय गरेका धेरै चलचित्रहरुलाई दर्शकले रुचाएका छन् । तर पछिल्लो समय भने नेपाली चलचित्र नगरीमा नायिका कार्कीको क्रेज घट्दै गएको बताइन्छ । कतिपय चलचित्र पण्डितहरुले भने नायिका कार्कीको माग कम हुदै गए पछि उनि चलचित्र निर्माण तिर लागेको बताउने गरेका छन् । सफल नायिकाका रुपमा स्थापित भएकी नायिका कार्की अब निर्माताका रुपमा कति सफल हुन्छिन् त्यो भने समयले बताउने छ ।
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस