gufgaf

निर्मलीको निर्देशनमा यस्तो बन्यो म्युजिक भिडियो 

2019/01/14   Gufgaf
   

हाँस्य टेलिश्रृङखला मेरी बास्सैमा निर्मलीको भूमिका निर्वाह गरेर सबैको प्रिय भएकी अभिनेत्री निरु खड्कालाई दर्शकले अहिले पनि निर्मलीको रुपमा बढी चिन्छन् । निरु खड्का भनेर नचिन्ने दर्शकले पनि मेरी बास्सैको निर्मली भनेपछि याद गर्छन् । निरु अहिले पनि मेरी बास्सैमा निर्मलीकै भूमिकामा सक्रिय छिन् । 

हाँस्यकलाकारको रुपमा चिनिएकी निरुले केही सिनेमा र म्युजिक भिडियोहरुमा समेत काम गरेकी छिन् । म्युजिक भिडियोमा व्यस्त हुने अभिनेत्रीमा पनि पर्छिन् उनी । 

यसरी अभिनेत्री तथा मोडलको रुपमा अघि बढेकी निरुले विस्तारै निर्देशकको परिचय पनि बनाउँदैछिन् । दुईवटा तीजको गीतसँगै देउरालीको चौतारी बोलको आधुनिक गीतमा निर्देशन गरिसकेकी निरुले हालै मात्र एउटा आधुनिक गीत निर्देशन गरेकी छिन् । बिछोडको पीडा भुलेर बोलको गीतमा अभिनय पनि निरुकै छ । आफ्नो निर्देशन रहेको यस भिडियोमा उनले गीतको भावअनुसार भिडियो बनाउने राम्रो प्रयास गरेकी छिन् । 

यस गीतमा उनलाई अभिनयमा  श्रीराम र राघवले साथ दिएका छन् । शुशिला स्वादेनको आवाज रहेको यस गीतमा  मनी आर बस्नेतको शब्द रचना रहेको छ भने बलन्द राईले गीतमा संगीत भरेका छन् ।   हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत हरेका दर्शकले सकारात्मक प्रतिकृया दिईरहेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस