> Gufgaf.com

रेडियो अडियो

कलामै रमाएका योगेन्द्र

2019/01/15   gufgaf

गफगाफ - गायन सँगै संगीत तथा लेखन कलामा पनि उत्तिकै उत्कृष्ठ कौशल भएका गायक हुन् योगेन्द्र उपाध्याय निरौला । झापा जिल्लोको काकरभिट्टामा जन्मिएका निरौला सानै देखि गायन क्षेत्रमा सकृय थिए । अध्ययनलाई अघि बढाउने क्रममा उनि काठमाण्डौ आए र अध्ययन सँगै आफ्नो कलालाई अझ सकृय बनाउदै अघि बढे । 

जब कतै गीत संगीतको प्रतियोगिता हुन्थ्यो उनि त्याहा सहभागी हुन पुगेकै हुन्थे भने कुनै न कुनै उपाधी समेत जितेरै आउने गर्थे । उनले सँगीतमै रहेर डिग्री हासील गरिसकेका छन् । योगेन्द्र १७ औ इमेज अर्वाडमा निउ आर्टिस्ट अफ द इयर बन्न सफल भएका थिए । उक्त अर्वाडमा उनलाई भिडमा बोलको गीतले निउ आर्टिस्ट अफ द इयर बनाएको थियो । 

यस्तै २०७२ मा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा संगीत तर्फ प्रथम भएका थिए भने गायन तर्फ तेश्रो बन्न सफल भएका थिए । यस्तै २०७४ सालमा रेडियो नेपालले नै आयोजना गरेको आधुनिक गीत गायन प्रतियोगितामा द्धितिय बन्न सफल भएका थिए । २०७५ मा उनले गायक तथा संगीतकारका रुपमा क श्रेणीको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपालको चर्चित रियालिटी शो नेपाल आइडलमा प्रि जजको भुमिका समेत निर्वाह गरेका थिए ।  उनले नेपालको अर्को चर्चित द भ्वइस अफ नेपालमा पनि सहभागिता जनाएका थिए । निकै उत्कृष्ट ढंगले सबै कोचलाई आकर्सीत बनाएका योगेन्द्र भोटिङ राउण्डमा पुगे पश्चात भोटको कमीले आउट भए । तर आफुलाई द भ्वइसले धेरै कुरा सिकाएको योगेन्द्र बताउछन् । हाल उनि काठमाण्डौको नक्सालमा मधुर संगीत पाठशाला सञ्चालनमा ल्याएका छन् । उनको संगीत पाठशालामा करिव ३० जना शिक्षार्थी संगीत सिक्नका निम्ति आउने गरेका छन् । 

अन्य कुराहरुका लागी तलको भिडियो हेर्नुहोस

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

’जानी नजानी’ को क्यारेक्टर पोस्टरमा यस्तो देखिए कलाकार

गफगाफ -  आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस

आयुष्काको ‘देशभित्र रहे नी’ सार्वजनिक

गफगाफ -  अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस